१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


गोदावरीमा गाईजात्रा फुटबल शुरु


३० श्रावण २०७६, बिहिबार  

0
Shares

३० साउन ०७६, गोदावरी । १६ औं दिनेश स्मृति कप गाईजात्रा फुटबल प्रतियोगिता बिहिबारबाट गोदावरीमा सुरु भएको छ । नमुना खेलकुद क्लबको आयोजनामा प्रत्येक वर्ष गाइजात्रा पर्वको अवसर पारेर आयोजना हुने यस प्रतियोगिताको उद्घााटन नेकपा ३ नं. प्रदेश सदस्य मधुसूदन पौडेलले गरेका थिए । नेता पौडेलले गोदावरी क्षेत्रमा खेलकुदको विकास र संरचनाहरु निर्माण गर्नका लागि आफू सधैं लागि पर्ने प्रतिबद्धता व्यक्त गरे ।


प्रतियोगिताको उद्घााटन खेलमा आयोजक नमुना खेलकुद क्लब र नख्खु युथ क्लब भिडेका थिए । दुई समूहको खेलमा नमुना खेलकुद क्लब टाईब्रेकरबाट ४–२ गोलले पराजित गरि दोस्रो चरणमा प्रवेश गरेको छ । प्रतियोगिताको पहिलो चरणको खेलहरुमा ठेचो नवदिप क्लबले गोदावरी एफ् सी लाई १–० गोल, खालीबारी फुटबल क्लबले नवसोच क्लब गोदावरीलाई ४–० गोलले पराजित गरि क्वाटरफाइनलको समिकरण पूरा गरेका छन् । आजै भएको अन्तिम खेलमा लाकुर फुटसल हरिसिद्धिले आरयुविसी सातदोबाटोलाई सडेनडेथमा १–० ले पराजित गरि अर्को चरणमा पुग्न सफल भयो । प्रतियोगिताको बाकी खेलहरु शुक्रबार हुनेछन् हुनेछ । प्रतियोगितामा १२ टिमले भग लिएका छन् । यो प्रतिश्पर्धाबाट अन्तिम विजेताले ३० हजार र उपविजेताले १५ हजारसहित ट्रफी प्राप्त गर्ने छन् ।
प्रतियोगितामा यस पटक पनि पराजित भएका टोलीहरुबीच पेनाल्टी सुटआउट प्रतियोगिता गराउने र पेनाल्टी सुटआउट विजेतालाई नगद १० हजार प्रदान गरिने आयोजकले बताएको छ ।

प्रकाशित मिति : ३० श्रावण २०७६, बिहिबार  ८ : ४१ बजे