२३ बैशाख २०८१, आइतबार | Mon May 6 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कृष्णाष्ठमीको अवसरमा मंगलबजारमा भीड (तस्विरहरु)


६ भाद्र २०७६, शुक्रबार  

0
Shares


ललितपुरखबर फोटोग्राफी
६ भदौं ०७६, मंगलबजार । पाटनको मंगलबजारस्थित पाटन दरवार परिसरमा रहेको कृष्णमन्दिरमा कृष्णजन्माष्टमीको मौका पारेर राजधानीबासीले पूजाआजा गरेका छन् । शुक्रबार विहान २ बजेबाट शुरु भएको दर्शनार्थीको भीड थियो ।


पाटनको गोल्डेन टेम्पलबाट मन्दिर दर्शन गर्ने लाइन लागेको थियो । निराहार ब्रत बसेर मन्दिर पुग्ने हिन्दुधर्मालम्बीहरु हत हातमा मयुर को प्वाख बोकेर यताउता गरिहरेको दृश्य देखिन्थ्यो । दरवारपरिसरमा आफ्ना वाल–वालिकाहरुलाई कृष्णको भेषमा ल्याउने वावु आमाहरु प्नि प्रशस्तै थिए ।


दिउँसो २ बजेर ३० मिनेटमा राष्ट्रपति विद्यादेवि भण्डारीले पनि कृष्ण मन्दिर पुगेर दर्शन गरेकी छिन् । घुँडाको समस्याका कारण राष्ट्रपति मथिल्लो तलामा रहेको मन्दिर सम्म पुग्न सकिनन् । उनलाई अर्घ र प्रसाद दिन पुजारीहरु बाहिरसम्म आएका थिए । राष्ट्रपति भण्डारीले बाहिरबाटै नमसकार गरेर फर्केकी थिइन् ।

प्रकाशित मिति : ६ भाद्र २०७६, शुक्रबार  १० : ३० बजे