१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


शिन क्योकुशिन कराँते संघले सचिव महर्जन पदमुक्त


७ भाद्र २०७६, शनिबार  

0
Shares

७ भदौ ०७६, काठमाडौं । नेपाल शिन क्योकुशिन कराँते संघले संघका सचिव अजय महर्जनलाई उक्त पदबाट मुक्त गरिएको स्पष्ट पारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो ।
महर्जनले संघको विधानअनुरुप काम नगरेको, संघको लेटरप्याड तथा छापको दुरुपयोग गरेको, अवैधानिक रुपमा सञ्चालित गुर्जुधारा शाखा दोजोलाई प्रतियोगिता सञ्चालन गर्न अनुमति दिएको, महत्वपूर्ण बैठक तथा सेमिनारहरुमा धेरै पटकसम्म अनुपस्थित् रहेको, संघभन्दा बाहिर रहेका संघहरुमा रहेर काम गरेकोले उक्त पदबाट हटाईएको संघको दाबी छ ।
संघका महासचिव सुर्य बहादुर बुढाथोकीको नाममा जारी गरिएको विज्ञप्तीमा भनिएको छ,‘मिति गतअसार ३१ गते बसेको संघको केन्द्रिय समितिको बैठकको निर्णयअनुसार संघको विधान २०६८ को परिच्छेद–६ को धारा २०, उपधारा १ को देहाय (ख) बमोजिम सफाईको लागि स्पष्टीकरण माग गर्न राष्ट्रिय खेलकुद परिषदमा साथै हुलाक मार्फत दर्ता नम्बर आर.डि. ११७८३२१३३ एन.पी. मा दर्ता गरि पत्र पठाईएकोमा मिति २०७६ साउन १४ गते बुझी लिनुभएको र पत्र प्राप्त भएको मितिले ५ दिनभित्र स्पष्टीकरण माग गरिएकोमा अटेर गरि जवाफ नदिनुभएको हुँदा नेपाल शिन क्योकुशिन कराँते संघको विधान २०६८ को विरुद्ध कार्य गर्नुभएको कारण विधानको परिच्छेद–६ को धारा, २० उपधारा १ को देहाय (ख) बमोजिम नै संघको २०७६ साउन २१ गते बसेको केन्द्रिय समितिको बैठकको निर्णयले उक्त मितिबाट लागु हुनेगरि अजय महर्जनलाई सचिव पदबाट मुक्त गरिएको कुरा पत्रकार मित्रहरुलाई जानकारी गराउँदछौं ।’
संघका महासचिव बुढाथोकीले महर्जनले संघको विकास विस्तारमा असर पुर्याउनु, संघको लेटर प्याड र छापको दुरुपायेग गर्नु, ब्ल्याक बेल्ट खरिद बिक्रिजस्तो लाजमर्दो काम गरेको बताए । उनले भने,‘बैठक तथा सेमिनारहरुमा अनुपस्थित् रहनु भनेको संघप्रति गैरजिम्मेवार रहनु हो । हामी त्यस्ता कार्यहरुको घोर निन्दा गर्दछौं ।’
संघले महर्जनजस्तो व्यक्तिलाई राष्ट्रिय खेलकुद परिषदले पनि कारबाही गरि खेलकुद क्षेत्रमा नै निषेधित गर्ने कुरामा आशावादी रहेको बताएको छ ।
कार्यक्रममा संघका बरिष्ठ उपाध्यक्ष कृष्णचन्द्र बानियाँले कारबाहीको बारेमा जानकारी गराए । आगामी दिनमा संघमा हुने सबैखाले भ्रष्टाचार, अनियमितता र एकलौटी रुपमा गरिने निर्णयको विरुद्धमा खबरदारी गर्न पनि उनको प्रतिबद्धता छ ।
पूर्वराष्ट्रिय खेलाडी तथा क्योकुशिन कराँते काईकानका नेपाल प्रमुख र महासचिव राजेन्द्र सुवेदीले पनि संघ आँफैंमा राम्रो भएको सुनाउँदै केही गलत मान्छेका घिनलाग्दो कामले गर्दा बदनामी भएको सुनाए ।

प्रकाशित मिति : ७ भाद्र २०७६, शनिबार  ११ : ०० बजे