काठमाडौं । आज (शुक्रबार) विहानैदेखि देशभरको मौसममा बदली आएको छ । काठमाडौं उपत्यकासहित मध्य र पश्चिमका केही ठाउँमा विहानैदेखि पानी परिरहेको छ ।
मनसुनी न्यूनचापीय रेखा औसतभन्दा तल रहे पनि सक्रिय भएकाले पानी परिरहेको मौसमविदले बताएका छन् ।
भारतको ओडिशा र पश्चिम बंगाल आसपासमा न्यूनचापीय रेखा बनेकाले केही ठाउँमा सामान्य र केही ठाउँमा मध्यमदेखि ठूलो पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विभूति पोख्रेलले जानकारी दिएकी छन् । पानी पर्ने क्रम केहीबेरमा रोकिने र दिउँसो घाम लाग्ने सम्भावना रहेको उनले जानकारी दिइन् ।
शुक्रबार राति पनि देशभर नै आशिंकदेखि सामान्य बद्ली हुने र चट्याङसहित पानी पर्ने सम्भावना छ । बिहीबार बेलुकादेखि बेलुकादेखि सोमबार बिहानसम्म काठमाडौं उपत्यकामा १३ दशमलव ५ मिलिमिटर पानी परेको छ ।
शनिबारको मौसम पनि यस्तै रहने अनुमान गरिएको मौसमविद् पोख्रेलले बताएकी छन् । वर्षा भइरहेकाले पहाडमा पहिरो र नदीमा पानीको बहाब बढ्न सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
प्रतिक्रिया