सनोज महत
मिति २०९७ चैत्र २७ गते । काठमाडौको कोलाहलपुर्ण बाताबरणबाट केही दिनको छुट्टी मनाउन फुर्बा लामाको परिवार कोन्ज्योसोम गाउँपालिका जाँदैछ । कोन्ज्योसोम गाउँपालिकालाई कुनै बेला दक्षिण ललितपुर भनिन्थ्यो । तत्कालीन अवस्थामा तिनवटा पालिका रहेको दक्षिण ललितपुर, एकीकृत भएर दश बर्ष अगाडि कोन्ज्योसोम गाउँपालिका भएको थियो ।
पशुपालनको युगमा काभ्रेको नाला ढुङ्गखर्क, ललितपुरकै लेलेलगायत अनेकन ठाउँबाट राम्रो चरी चरण र घाँस दाउराको पर्याप्तताको कारणले ब्राम्हण क्षेत्री समुदायको प्रवेश यो क्षेत्रमा भएको रहेछ । बिस्तारै आधुनिकताको प्रबेशसङ्गै भौतिक सुख सुबिधा, औशधोपचार र आफ्ना बालबालिकाको उचित शिक्षा दिक्षाको खोजिको क्रममा पुनः दक्षिण ललितपुर, आन्तरिक बसाइँसराइका कारण रित्तिदै गएको थियो । सोही क्रममा फुर्बाको परिवार पनि दुई दशक अगाडि इकुडोलको सानो चिलाबाट बसाइ गएको हो । तामाङ्गहरुले आबाद गरेको क्षेत्र भएकै कारण दक्षिण ललितपुरका गाउँपालिकाहरु एकीकृत हुने क्रममा तामाङ्ग जातिको प्राग ऎतिहासिक थलो भए कै कारण समग्र दक्षिण ललितपुरलाई कोन्ज्योसोम गाउँपालिका नामाकरण गरिएको रहेछ ।
चक्रपथ एकान्तकुनाबाट फुर्बाको गाडी २० मिनेट मै नक्खु करिडोर हुँदै टिकाभैरब भैसेखोला पुग्यो । बिगतमा सातदोबाटो, सुनाकोठी, ठेचो चापागाउँ हुँदै टिकाभैरब आउन घण्टौ लाग्ने कहानी, उ आफ्नो नातिलाई सुनाउदै थियो । भैसेखोलाबाट कलौन निक्लने ७०० मिटरको टनेलमार्ग पाँचबर्ष अगाडिमात्र निर्माण भएको थियो । गाडी टनेलमा प्रवेश गरि रहदा, “ बिगतमा बाटो घाटोको कस्तो अवस्था थियो । सानो चिलाबाट कुन दुख र हण्डरका साथ दक्षिण ललितपुर छोडिएको थियो ” भन्ने कहानी उ आफ्नो नातिलाई सुनाउदै थियो । साथमा रहेका फुर्बाका छोरा र बुहारी पनि बिच बिचमा कुराकानिमा साथ दिदै थिए । केही मिनट कै ड्राइभमा गाडी कलौन पुग्यो । कलौन पुगि सके पछि फुर्बाको परिवार चिया नास्ता गर्ने र एक पटक टाढैबाट आफ्नो पुर्खौली थलो , सानो चिला दर्शन गर्ने मनसाय साथ रोकियो । अब कलौन उसले खुवाको भारी बोकेर चापागाउँ जान झरेको कलौन कहाँ थियो र १ केही बर्षको अन्तरालमा कलौन अब आधुनिक पर्यटकिय बजार भै सकेको थियो । खानिखोला बागमती दोभान , बगुवामा थुनिएको सफा पानीको विशाल ताल । सोही तालको किनारा हुँदै निर्माण गरिएको खानी खोला करिडोरले, पुरानो कान्तिलोकपथको बाटोलाई बिस्थापन गरेको थियो ।
कान्तिलोकपथ हुँदै हेटौंडा तराई झर्ने यात्री र उखरमाउलो गर्मि छल्न , तराई र भारतको बिहार उत्तर प्रदेशबाट आएका पर्यटकले , कलौनका होटल ( रेष्टुरेन्टहरु खचा खच भरिएका थिए । पछिल्ला दिनहरुमा “ दक्षिण ललितपुर एकीकृत बस्ती बिकास आयोजना ” ले दक्षिण ललितपुरमा छरिएर रहेका बस्तिहरुलाई एकीकृत गरि दुइवटा ब्यवस्थित बजार बिकास गरेको रहेछ । तिनै दुई बजार मध्यको पहिलो बजार क्षेत्रको एउटा मुख्य जक्सन थियो , कलौन । काठमाडौं उपत्यकाको प्रबेश द्वार । यहि क्षेत्र भएर साबिक शंखु, बुखेल, मानिखेल ( गोटिखेल , चन्दनपुर ( कालेश्वर क्षेत्रका गाउँबस्ती जाने टुङ्गुनखोला करिडोर बिकास गरिएको थियो । बिगतमा पहाडको चढाइ गर्दै भिरपाखाबाट शहर छिर्न बिकास गरिएका बाटाघाटाहरु अब ईतिहास भै सकेका थिए । शंखुको उच्च समस्थलीको साथमा खोला करिडर आसपास मात्र बस्ती बिकास गरिएको थियो । फराकिला, चिल्ला खोला करिडोरले यो बस्तिलाई सुरक्षित आवागमनको सुबिधा दिएको थियो । हरेक बर्षामा पहाडी सडक पैरिने र महिनौ आवत जावत रोकिने कहानी अब कथामा मात्र सिमित भएको थियो ।
फुर्बाको परिवारले कलौनमा चिया नास्ता गर्यो । नातिलाई आफ्नो पुर्खौली थलो , सानो चिला देखाउदै एकै छिन फुर्बा भावुक भयो । आफ्नो जन्मथलोलाई टाढैबाट नमस्कार गर्यो । पुर्ब तर्फ फर्केर, शंखु मगर गाउँमा रहेको गाउँपालिकाको आधुनिक भबन हेर्यो । मन अमिलो पार्दै , यो स्वर्गीय भुमी आफ्नो नसिबमा नभएको कुराले फुर्बा केही क्षण पिरोलियो । माझखण्ड ट्रेकिङ्ग रुट बलिया बाङ्गाको लागि थियो भने , बाकिका पर्यटक छपेली भएर माझखण्ड केबलकारको मज्जा लिइ रहेका थिए ।
माझखण्डमा अवस्थित चौसट्ठी ज्योतिर्लिङ्ग मध्य एक रुद्रेश्वर महादेवको मन्दिर र माझखण्ड बौध्द बिहार देश ( बिदेशमा भएका हिन्दु तथा बौध्दमार्गिहरुको आकर्षणको केन्द्रको रुपमा बिकास भएको थियो । माझखण्डको त्यो विशाल पाटन ९पहाडको टुप्पामा उच्च समस्थली परेको ठूलो चौर ० को आसपास सुबिधा सम्पन्न तारे होटलको बिकास भएका थिए । बिहान दिउँसो हिमालको दर्शन र राती रक्सौलको अबलोकन । क्या गज्जब १ त्यहाँ पुग्ने पर्यटकले भारत र चीन एकै चोटि पुगेको अनुभव गर्न सक्ने, अनौठो स्थानको रुपमा माझखण्ड बिकास भएको थियो ।
फुर्बाको यो पटकको लक्ष्य भने साहुमार सिकार आरक्षित क्षेत्र थियो । यो रोजाइ उसको नातिको हो । चन्दनपुरको नमन देखि ठुलादुर्लुङ्गको खस्रुघारी हुँदै बड्केथुम भएर आश्राङ्गको लेक हुँदै माझखण्ड सम्म फैलिएको यस सिकार आरक्ष क्षेत्रमा गोटिखेलको सिसौन देखि मानिखेल र बुखेलका लेकाली क्षेत्र समेटिएका थिए । कालिज , मृग र घोरल सिकारको लागि प्रसिध्द यो आरक्ष साहसिक पर्यटनको अर्को गन्तव्य थियो । चिया नास्ता पछि फुर्बाको गाडी कलौन सुभाने सुरुङ्गमार्गमा छिर्यो । १२ सय मिटरको यो सुरुङ्ग मार्गले दक्षिण ललितपुरको दुख हरेको थियो । बिगतमा ८० किलोमिटरको दुरि अब खुम्चिएर १५ किलोमिटरमा सिमित भएको थियो ।
एकै छिनको सुरुङ्गमार्गको कुदाइ पछि आइपुग्यो कोन्ज्योसोमको अर्को मनोरम बजार । यहाँ आइपुग्दा भने पूरा पुरी तराइको महसुस भयो । चैत्रको त्यो घाम अनि आगो सरि रन्की रहेको गर्मीको त्यो मौसम । सम्म परेका फाटभरी साल ( सिसौ र खयरका रुखहरु थिए । नातिले अचम्म मान्दै सोध्यो, “ यत्रो पानीको सुबिधा भएको ठाउँमा खेती गर्न छोडेर किन जङ्गल हुर्काएको रु ” यो पटक भने फुर्बाको छोरा बोल्यो, “ खयर मेडिसिनल काठ हो। यसको मूल्य किलोमा होइन । तोलामा छ । पहिला पहिला नेपाल सरकारले यसको बिक्रिबितरणमा रोक लगाएको कारणले यो काठको कुनै मुल्य थिएन । गाउँपालिकाको पहलमा अब यसलाई ब्यवसायिक खेती गर्न सकिन्छ र बिक्रीवितरण पनि खुला भयो । रोपनिमा खेतिबाट हुने आम्दानी यो एउटै रुखले दिन्छ । त्यसैले मानिसहरु खेतिबाट बन ब्यवसायमा छन् ” । फुर्बाले थप्यो, “ साबिक डाडापारिको यो बस्ती प्युटार, आश्राङ्ग, गिम्दी र ठुला दुर्लुङ्गका बेसि भागमा साल ( सिसौ र खयरको ब्यवसायिक खेती छ । बाकिको लेक र कोन्ज्योसोमको अन्य भागमा फर्निचर र प्लाइको लागि आवश्यक काठको खेती छ । ” कृषि त अब मानिसहरुले बिर्सी सके । मानिसहरू अब शौखिन छन् । लगाइ रहने र भित्र्याइ रहनु पर्ने दुखिया पेशाबाट स् एक पटक लगाएर छोडे पछि एकै चोटि लाखौं कमाइ हुने सजिलो पेशामा मानिस प्रबेश गरे ।
नाति फेरि प्रश्न गर्छ, “ दैनिक गुजारा कसरी चल्छ त मानिसहरुको र?” फुर्बाको छोराले उत्तर दिन्छ, “ खानी क्षेत्रबाट आएको रोयल्टीले ” नातिकेटो कुरा बुझ्दैन र हजुरबुबा तिर हेर्छ । फुर्बा बिस्तारमा सम्झाउछन,“हालको कोन्ज्योसोम २३१ बर्ग किलोमिटर क्षेत्रफल भएको विशाल पालिका हो ।ललितपुर जिल्लाको कुल क्षेत्रफलको ६० ५ यसै पालिकाले ओगटेको छ । एक बर्ग किलो मिटर मै करिबन२ हजार रोपनी जग्गा हुन्छ । लाखौं लाख रोपनी जग्गा र त्यहाँ भएको प्राकृतिक श्रोत र साधन यहाँको मानिसका सम्पत्ती हुन् । बिगतमा अब्यवस्थित बसोबास र दुर्गम भुगोल भएको, यो भु ( भाग आन्तरिक बसाइँसराइले रित्तिदै थियो । तत्कालीन दक्षिण ललितपुरमा पर्ने साबिकका तीन गाउँपालिकाहरुलाई एकीकरण गरेर हाल कायम भएको कोन्ज्योसोम बनाए पछि , त्यतिबेला बाकी रहेको ३३ हजार सात सय जनसंख्यालाई , दुइवटा ब्यवस्थित बस्तिमा स्थानान्तरण गरियो । पहिलो बस्ती टुङ्गुन ( खानिखोला करिडोर आसपासको क्षेत्रमा बसालियो भने दोश्रो बस्ती प्युटार, आश्राङ्ग, गिम्दी र ठुलादुर्लुङ्गको बागमती खोला करिडोरमा बसालियो । यी दुबै बस्ती अहिले पर्यटकिय बजार छन् । १८ वटा वडाहरुलाई जम्मा दुइबटा ब्यवस्थित बस्तिमा रुपान्तरण गरिदा विशाल भु खण्ड खाली हुन गयो । त्यसरी खाली भएको भुगोल मध्य अहिले कोन्ज्योसोममा दुइवटा विशाल खानी क्षेत्र संचालनमा छन् । पहिलो खानी क्षेत्र भट्टेडाडा माल्टा र घुसेलको क्षेत्रमा छ । त्यो खानी क्षेत्रबाट सिमेन्ट फैक्ट्रीको लागि आवश्यक चुन ढुङ्गा देखि काठमाडौं उपत्यकाको लागि आवश्यक बालुवा , गिट्टीको साथमा मार्बल उत्पादन भै रहेको छ । अर्को खानी नल्लु ( भारदेउ, चौघरे, दल्चोकी र मानिखेल क्षेत्रमा सन्चालित छ । यो खानी क्षेत्रबाट उत्पादित सामाग्री भने काठमाडौं उपत्यका बाहेक तराई र भारतको बिहार र उत्तर प्रदेश सम्म बिक्रीवितरण भै रहेछ । बिगतमा आन्तरिक श्रोत केही नभएको दक्षिण ललितपुरले अहिले अर्बौंको राजश्व खानी क्षेत्र र निर्माण सामाग्री निर्यातबाट कमाउछ । अर्को तर्फ विशाल बन क्षेत्रको साथमा पछिल्लो क्रममा बिकास भएको निजि ( बन र बैज्ञानिक बन बिकास कार्यक्रमका कारण , थप अर्बौंको राजश्व कमाइ प्लाइ उधोग र काठको ब्यापारबाट गरि रहेछ । यसरि पालिकाले आर्जन गरेको राजश्वमा यहाँको नागरिकको ५० ५ हिस्सेदारी कायम गरिएको छ । नागरिकले पाउने सो हिस्सेदारी उनिहरुले रोयल्टी स्वरुप पाउछन् । हरेक बर्ष बजेट भाषण पुर्ब उक्त रोयल्टिको रकम नागरिकको खातामा दिइदै आएको छ । त्यति बेला ३३ हजार सात सय जनसंख्या र ५५ सय घर धुरी रहेको दक्षिण ललितपुर अहिले बाक्लिएर ५० हजार जनसंख्या र ७ हजार पाँचसय घर धुरी पुगेको छ । गत बर्ष प्रती घर धुरी बार्षिक २५ लाख रोयल्टी यहाँका नागरिकले बुझे ।
नातिले मन खुम्च्याउदै भन्यो , “ हजुरबा यो स्वर्ग छोडेर हजुर किन काठमाडौं गैस्या ? ” फुर्बाले जवाफ दियो, “भाग्यमा नभएको केटा ।” यो ठाउँमा, दुख त हामिले पनि कम गरेको होइन । समय यसरी बदलिएला भनेर अन्दाज नै गर्न सकिएन । नर्क भनेर छोडेको । अहिले स्वर्ग भयो । त्यतिबेला जानिएन । बसाइँसराइ गरे पनि पुर्खौली जमिन नबेच्नुपर्ने रहेछ । बेचियो । बसाइँसराइ गएका तर जग्गा जमिन कायम भएकालाई फर्कने र पालिकाको सुख सुबिधा भोग गर्ने अधिकार दियो पालिकाले ।आफ्नो भने फर्कने र टेक्ने थात थलो नै भएन । फुर्बाले बिस्मात गर्यो ।
गाडी खुर्मी, बाझगाउँ, बालुवा भएर बड्केथुम पुग्यो । चक्रपथ छोडेको बल्ल डेढ घण्टा पुग्दै थियो । बड्केथुमको त्यो थुम्कोमा आधुनिक होटलको लस्कर थियो । पुर्ब योजना अनुरुप नाति सोही होटलमा एक रात बस्ने । उत्तर प्रदेशबाट तराई हुँदै आएका शिकारी दलसँग दशदिन साहुमारा सिकार आरक्षमा सिकार गर्दै , घुम्दै घुम्दै माझखण्ड निस्केर केबलकार हुँदै छपेली निस्कने योजनामा छ ।
फुर्बा, छोरा र बुहारी भने बिहानको खाना बड्केथुम खाएर, गाडी लिएर कालेश्वर दर्शन गर्नपट्टि लागे । कालेश्वर दर्शन पछि गोटिखेल आफन्तकोमा एकरात बास बस्ने । कालेश्वर गुम्बा घुम्ने । कोन्ज्योसोम दर्शन गर्दै गुतेश्वर मन्दिर पुग्ने । फर्कने क्रममा खानी क्षेत्रको अबलोकन गर्दै पुरानो बाटो लेले निस्केर जाने फुर्बाको रहर छ । दक्षिण ललितपुरले चोला फेरेर आधुनिक र समृध्द कोन्ज्योसोम बनी रहदा फुर्बाको मन भने उहीँ खुवाको भारी बोकेको र चापागाउँबाट नुन खेपेको बाटो खोजी रहेको छ ।
सुन्नेलाई सुनको माला । पढ्नेलाई फुलको माला । यो कथा नीति निर्माताको खोपडिमा जाला र नजाला ? इतिश्री ।








प्रतिक्रिया