११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


फर्निचर एक्पोमा गुड्ने खाट


२६ भाद्र २०७६, बिहिबार  

0
Shares

लपु संवाददाता
२६ भदौं ०७६, भृकसटीमण्डप । बुधबारबाट राजधानीको भृकुटीमण्डपस्थित प्रर्दशनीस्थलमा जारी फर्निचर एक्पोमा एउटा गजव्वको सामान भेटिएको छ । फर्निचर मेलाको एक स्टलमा गुड्ने खाट राखिएको छ ।
यो खाट आफै गुडेर भने जादैन । यता उता सार्दा पाङ्ग्रा घुम्ने तर नगुड्ने फर्निचरका मालिक संयोगमान सिंहले बताए ।
यसको मुल्य ४१ हजार मात्रै पर्छ । यो चीनमा बनेको खाट हो । यो शोका लागि कार जस्तै देखिन्छ । बाहिर प्लाष्टिक रहेको भए पनि भित्र कम्प्रेस बोर्ड रहेको छ । १५ बर्षदेखि यो खाट विक्रि गर्न थालेको फर्निचर मालिक सिंह बताउछन् । यस्तो सामानको काठमाडौंमा माग उच्च छ ।
रिच इम्पेरियर फर्निचर अचम्मका किसिमको सामान आयात गर्ने गरेको फर्निचरका मालिक सिंहले बताए । यसको शोरुम काठमाडौंको ढल्कोमा रहेको छ ।
डाइनिङ टेवुललाई फोल्ड गरेर कफी टेवुल बनाउन सकिने फर्चिचर पनि रिच इम्पेरियरमा छ । यहाँ ४ वटा स्टुल पनि छन् । स्टुल भित्र सामान राख्न मिल्छ भने टेवुलमा २ वटा घर्रा पनि छन् ।

प्रकाशित मिति : २६ भाद्र २०७६, बिहिबार  ७ : २१ बजे