८ माघ २०८१, मंगलबार | Tue Jan 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भारत भएको बाइकिङ रेसकी विजेता सुनिता ललितपुरमा सम्मानित


२७ भाद्र २०७६, शुक्रबार  

0
Shares

ललितपुर । भारतमा भएको महिला बाइकिङ स्यालोम विजेता सुनिता देशारलाई एम्स इन्टरनेशनल कलेज ललितपुरले सम्मान गरेको छ ।

भारतको बैङ्लोरमा भएको गोकार्ट नेशनल च्याम्पियनसिप अन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले चालीस जना प्रतिस्पर्धीलाई पराजित गरेर बिजेता बनेकी थिइन । नेपालकी महिला नेशनल राइडर देशार नेपाल अटोमोबाइल एसोसिएसनबाट छनोट भएर बैङ्लोर स्पर्धामा छानिएकी थिइन् ।

सार्क राष्ट्र अन्तर्गत नेपाल सहित आयोजक भारत, श्रीलंकाका प्रतियोगितामा सहभागी थिए । नयाँ ठाउँमा गएर प्रतिस्पर्धा गर्दा पनि आफुले राम्रो गर्न सकेकोमा देशारले खुशी प्रकट गरिन । ठूलो चुनौती सामना गरेको भन्दै उनले भनिन, “अनुभव बढ्यो, लेडि राइडरमा पहिलो पटक अवार्ड जितेको छु, यसलाई अझै निखार ल्याउने प्रयास गर्नेछु ।”

देशार एम्स इन्टरनेशनल कलेज, लगनखेलमा बिए तेस्रो वर्ष अध्ययनरत छिन् ।

प्रकाशित मिति : २७ भाद्र २०७६, शुक्रबार  ८ : १७ बजे