२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


‘मनको कामना पुरा गर्न लेले मनकामना’


४ आश्विन २०७६, शनिबार  

0
Shares


ललितपुरखबर फोटोग्राफी
४ असोज ०७६, लेले काभ्रे । मनकामना मन्दिर जाने रहर छ । जान सकिएन पाइएन । चिन्ता नलिनुस् । लmलितपुरको लेलेमा मनकामना मन्दिर छ ।
२०६२ सालमा बनाइएको यो लेले मनकामना क्षेत्र विस्तारै पर्यटकीय स्थल बन्दैछ । यहाँ हिन्दु धर्ममा आस्था राख्ने मात्रै होइन । पदयात्रामा रुचि भएका पर्यटक फुलचोकी जान यही रुटबाट आउछन् । मनकामना मन्दिर नजिकैबाट नेपाल सरकारले हाइकिङ्ग रुट बनाएको छ । यहाँबाट ६ हजार ८४ खुड्किला चढेपछि फुल्चोकीको शिर पुगिन्छ । फुल्चोकी पुग्न हिडेर ३ घण्टा लाग्छ । लेलेबाट फुल्चोकी पुग्ने धेरै पर्यटक गोदावरीतिर ओरालो झर्छन् ।


लेले मनकामना मन्दिर परिसरमा फुलचोकी माईको मन्दिर छ । फुल्चोकी जान नसक्नेहरु यही मन्दिरमा पूजा गर्छन् । हरेक चैत्र पूर्णिमाको दिन यहाँ भव्य मेला लाग्छ ।
यहाँ बस्न खान यथेष्ट होमस्टे, क्याफे, रिर्सोट र होटल छन् । सिजन शुरु भएपछि मनकामनामा पिकनिक हुलका हुल पिकनिक आउछन् ।
नजिकै जलेश्वरी कुण्ड छ जहाँ रंगीविरंगी माछा खेलिरहेको हुन्छन् । मन्दिरपरिसरमा राधाकृष्ण, शिवलिङ्गका मूर्ति नै मूर्ति देख्न सकिन्छ ।

राधाकृष्णको मूर्ति ।

यहाँ भाकल पुरा भएको भन्दै धेरै मान्छे आउने गरेको स्थानीय कृष्णकुमार घिमिरे बताउछन् । उनी भन्छन्, ‘धेरै विदेश जाने आउँछन । शनिबार भीड लाग्छ ।’
कसरी जाने
मनकामना मन्दिर जान लगनखेलबाट बस पाइन्छ । लेले बसपार्क झरेपछि काभे्र जान कालोपत्रे गरेको बाटो भेटिन्छ । मनकामना मन्दिर अर्को कच्ची बाटोबाट पनि जान सकिन्छ । यहाँबाट हिडेर जाने हो भने यहाँबाट आधा घण्टामै पुगिन्छ ।

मन्दिर जाने सिडि बाटो ।

आफ्नै सवारी हुनेहरु सातदोवाटोबाट सुनाकोठी ठेचोचापागाँउ टिकाभैरव हुदै लेले जानुपर्छ । बाटो विग्रेको छ जाँदा र आउँदा विस्तारै जानुपर्छ ।
लेलेमा पुराना घरहरु भेटिन्छन् । गाँउले जनजीवन रहेको लेलेमा काँठको गन्घ मिसिएको पाउन सकिन्छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ११ बजे