८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


थ्रिस्टार क्लवमा जोशी निर्वाचित


६ आश्विन २०७६, सोमबार  

0
Shares

निर्वाचित कार्य समिती ।

लपु संवाददाता
६ असोज ०७६, ललितपुर । ललितपुरे फुटवल टिम रुस्लान थ्रिस्टार क्लवको अध्यक्षमा अरुणमान जोशी निर्विरोध निर्वाचित भएका छन् । यस अघि कार्यवहाक अध्यक्ष रहेका जोशीलाई आइतबार बसेको साधारणसभाले अध्यक्षमा चुनेको हो ।
३ वषर््ो कार्यकाल रहेने कार्यसमितीमा १७ जनाको कार्यसमिती बनाइएको छ । २ जना सदस्य थपेर पछि १९ जनाको कार्यसमिती बन्ने बताइएको छ । उपाध्यक्षहरुमा वडा नं. १६का वडाध्यक्ष समेत रहेका निर्मलरत्न शाक्य,रमेश अवाले,जयकृष्ण श्रेष्ठ,विरेन्द्रलाल श्रेष्ठ,कृष्ण अवाले र अतिशकृष्ण श्रेष्ठ छन् । महासचिवमा सञ्चारकर्मी समेत रहेका सञ्जिव शिल्पकार छन् । कोषध्यक्षमा राम बोस,सचिवमा कुलबहादुर महर्जन र निवासगोपाल बैद्य चयन भए भने सचिवमा देवेन्द्रलाल श्रेष्ठ र महर्जन छन् । सह–कोषाध्यक्ष देवेन्द्र लाल श्रेष्ठ भए ।
सदस्यहरुमा हरि महर्जन,कृष्णचित्रकार,रुपेन्द्र पुरी,मुकेश नर्कमी,रामकृष्ण चित्रकार,प्रेमबहादुर चित्रकार, रामेश्वर अवाले चुनिउका छन् ।
साधारण सभाको उद्घाटन ललितपुर महानगरपालिकाका मेयर चिरिवाबु महर्जनले गरेका थिए ।

प्रकाशित मिति : ६ आश्विन २०७६, सोमबार  ५ : २६ बजे