८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


साफ फुटबल च्यापियनसिपमा बङ्गलादेश सेमिफाइनलमा प्रवेश


७ आश्विन २०७६, मंगलबार  

0
Shares

 ७ असाेज ०७६,काठमाडौं ।  बङ्बङ्गलादेश तेस्रो संस्करणको दक्षिण एशियाली खेलकूदमा यु–१८ फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । हल्चोकस्थित सशस्त्र प्रहरी बल एपीएफ०को मैदानमा सोमबार भएको खेलमा भारतसँग गोलरहित बराबरी खेल्दै बङ्गलादेश सेमिफाइनल पुगेको छ ।

उक्त खेलमा दुवै टोलीले गोल गर्ने थुप्रै अवसर खेर फालेका थिए । समूह ‘बी’मा रहेका बङ्गलादेशको तर्फबाट दुई खेलमा चार अङ्क जोड्दै सेमिकफाइनल लक्षमा पुगेको हो । रु पहिलो खेलमा श्रीलङ्कालाई बङ्गलादेशले३–० गोलले पराजित भएकोथियो । भारत पनि सेमिफाइनलमा पुग्ने सम्भावना कायमै छ ।

भारतकोबराबरी एक अङ्क जोडेको छ । बुधबारको दिन भारत श्रीलङ्कासँग खेल हुनेछ । सो प्रतियोगिता अन्तर्गत मङ्गलबार समूह ‘ए’ मा रहेका भूटान र माल्दिभ्सबीच खेल हुनेछ । त्यो खेल नेपालका लागि महत्वपूर्ण हुनेछ । भूटानले माल्दिभ्सलाई चार गोलभन्दा बढी अन्तरले पराजित गरेमा मात्र नेपाल सेमिफाइनल पुग्नेछ भने अन्यथा नेपाल प्रतियोगिताबाट बाहिरिनेछ ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : १७ बजे