४ जेष्ठ २०८१, शुक्रबार | Sat May 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


वागमती खेलकुद समितीमा नेगी


७ आश्विन २०७६, मंगलबार  

0
Shares

समिती अध्यक्ष बुद्धराज नेगी ।

लपु संवाददाता
७ असोज ०७६, ललितपुर । दक्षिण ललितपुरस्थित वागमती गाँउपालिकामा बागमती खेलकुद विकास समिति गठन गरिएको छ । बुद्धराज नेगीको अध्यक्षमा गठीत ९ सदस्यीय कार्यसमिति छ ।
समितिको उपाध्यक्षमा श्यामबहादुर थिङ, कोषाध्यक्ष कृष्णबहादुर ग्लान सदस्यहरुमा देवराज लो, निरोज लामा, योगमान स्याङतने, हरिजर्गा र श्याम लामा छन् ।
नयाँ कार्यसमितिले पालिकाभित्र सबै वडामा खेलकुद विकासको लागि खेलकुद कार्यक्रम र आगमी गाउँपालिका अध्यक्ष कप नक आउट फुटबल प्रतियोगिता गर्ने निर्णय गरेको बताए ।
खेलकुद समिती गठनपछि गाउँपालिका अध्यक्ष वीरबहादुर लोप्चनले वागमती गाँउपालिकामा खेलकुदको विकाशका लागि समिती गठन गरिउको जानकारी दिए । उनले भने,‘हामी दशैंपछि प्युटारमा गाँउपालिका कप फुटवल गर्दैछौ ।’ गाँउपालिकाले खेदकुद विकाशका लागि बजेट १२ लाख रुपैया बजेट छुट्याएको जानकारी दिए ।

प्रकाशित मिति : ७ आश्विन २०७६, मंगलबार  ७ : २८ बजे