२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


गोदावरीमा बन्दैछ अत्याधुनिक हल


८ आश्विन २०७६, बुधबार  

0
Shares


८ असोज ०७६, ललितपुर । ललितपुरको गोदावरीमा अत्याधुनिक सभा हल निर्माण हुने भएको छ । ३ हजार सहभागी अटाउने यो ठूलो हलमा अत्याधुनिक साउण्ड सिस्टमसहित एलएडी मनिटर,भिआपी कक्ष पनि रहनेछ ।


बसपार्कसँगै रहेको खुला जग्गामा निर्माण हुने सभा हलले ११२ रोपनी जग्गामा हुनेछ । यस सभा हल निर्माणका लागि रु ८० करोड खर्च लाग्ने बताइएको छ ।
राष्ट्रिय अन्तर्राष्ट्रिय सभा समारोहका लागि अत्यावश्यक सभा हल निर्माण गर्न लागिएको हो । राजधानीको बानेश्वरस्थित विरेन्द्र अन्र्तराष्ट्रिय सम्मलेलन केन्द्र २०६५ सालदेखि संविधान सभा र संसद हलको रुपमा प्रयोग हुन थालेपछि राज्यले आयोजना गर्ने ठूला कार्यक्रमहरु समेत तारे होटलको भर पर्नु परेको छ । हल निमार्णका लागि सरकारले हालै टेण्डर निकाली सकेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०७६, बुधबार  १२ : ४५ बजे