८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


फिफा वरीयतामा नेपाल एक स्थान माथि


१० आश्विन २०७६, शुक्रबार  

0
Shares

१०असोज ०७६ काठमाण्डौं। नेपाली राष्ट्रिय महिला फुटबल टोली फिफा वरीयतामा एक स्थान माथि उक्लिएको छ । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले आज सार्वजनिक गरी जानकारी दिएको छ । ।

यसै गरी नयाँ वरीयतामा नेपाल एक स्थान माथि उक्लिएर १०० औं स्थानमा पुगेको छ । दुई साताअघि किर्गिस्तानमा सम्पन्न नाडेज्दा कपमा उपविजेता बनेको नेपालको वरीयतामा सुधार भएको हो । नयाँ वरीयतामा अनुसार फिफा महिला विश्वकप विजेता अमेरिका शीर्ष स्थानमा रहँदा जर्मनी दोस्रो, नेदरल्याण्ड तेस्रो, फ्रान्स चौथो र स्विडेन पाँचौ स्थानमा रहेको छ भने दक्षिण एसियामा नेपाल दोस्रो स्थानमा रहँदा ५८ औं वरीयतासहित भारत पहिलो स्थानमा रहेको छ ।।

प्रकाशित मिति : १० आश्विन २०७६, शुक्रबार  ८ : २३ बजे