४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा : नेपालले सिंगापुरमाथि सनसनीपूर्ण जित


११ आश्विन २०७६, शनिबार  

0
Shares

११ असोज ०७६,ललितपुर । त्रिकोणात्मक टी २० क्रिकेट सिरिज अन्तर्गत आज भएको खेलमा नेपालले सिंगापुरलाई ९ विकेटले पराजित गरेको छ । कप्तान पारस खड्काको विस्फोटक शतकको मद्दतले नेपालले नेपालले सिंगापुरमाथि सनसनीपूर्ण जित निकालेको हो ।

सिंगापुरमा आज भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै १५१ रन बनाएको थियो । १५२ रनको लक्ष्य नेपालले ४ ओभर बाँकी छदै लक्ष्य पूरा गरेको हो । नेपालका खेलाडी पारसले ९ छक्का र ७ चौकाको साथमा ५२ बलमा १०६ रन बनाए । आरिफ शेखले ३८ बलमा नट आउट ३९ रन बनाए । सिंंगापुरका लागि टिमोथि डेभिडले अविजित ६४ रनको योगदान दिए । त्यस्तै सुरेन्द्रन चन्द्रमोहनले ३५ र जनक प्रकाशले अविजित २५ रन जोडे । बलिङतर्फ करण केसीले दुई तथा सुशन भारीले एक विकेट लिए । यसअघि हिजो भएको पहिलो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग ५ विकेटले पराजित भएको थियो ।

प्रकाशित मिति : ११ आश्विन २०७६, शनिबार  १० : १९ बजे