७ जेष्ठ २०८१, सोमबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


ताम्रकार फुटसलको चौथो संस्करण भैरवनाथ आइरनलाई


१२ आश्विन २०७६, आइतबार  

0
Shares

जितपछि कप उचाल्दै भैरवनाथ आइरन इण्डष्ट्रीका खेलाडी ।

१२ असोज ०७६, ललितपुर । द ब्रिटिस कलेज चौथो ताम्रकार फुटसल २०१९ को उपाधी भैरवनाथ आइरन इण्डष्ट्रीले हात पारेको छ । ताम्रकार समाजको आयोजनामा शनिबार भएको प्रतिश्पर्धामा भैरवनाथ आइरनले वि.के सुन चांदि पसललार्ई १–० गोलले पराजित गरेको थियो । यसअघि सेमीफाइनलमा भैरवनाथले टेक म्याक्स टाइगरलाई १–० तथा वि.के सुन चांदिले करुणामय मेटल क्राफ्टलाई टाइब्रेकरमा २–१ ले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो ।


विजेता तथा उप विजेता टिमलाई नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक पिताम्बर अधिकारी, समाजका अध्यक्ष रविन्द्रराज ताम्रकार,द ब्रिटिस कलेजका प्रिन्सिपिल जोय फोस्टर इलीस, उपसमितिका संयोजक सजेश ताम्रकार, प्रतियोगिताका संयोजक अनिस ताम्रकार लगायतले ट्रफी, मेडल, प्रमाण पत्र तथा नगद पुरस्कार वितरण गरे । विजेताले रु २०,०००।– तथा उप विजेताले रु १०,०००।– प्राप्त गरेका थिए । विजेता भैरवनाथ आइरन तथा उप विजेता वि.के सुन चांदि पसलले प्राप्त नगद पुरस्कारहरु समाजको जेष्ठ नागरिक कोषलाई प्रदान गरेको छ ।


सोही दिन भएको अण्डर १४ प्रतियोगिताको फाइनलमा ड्रागन ह्याण्डीक्राफ्टले सिटी ह्याण्डीक्राफ्टलाई २–० गोल अन्तरले पराजित गरी ट्रफी हात पारेको छ । त्यहि दिन महिला खुल्ला, दश वर्ष मुनि तथा भेट्रान टिमको प्रदर्शनी खेल पनि भएको थियो । ताम्रकार अल स्टार र द ब्रिटिस कलेज बिच भएको मैत्रीपूर्ण खेलमा ताम्रकार अलस्टार ५–२ ले विजयी बन्न सफल भयो ।
असोज ४ गते र ११ गते शनिबार सानेपास्थित फिल्ड फूटसल ग्राउण्डमा भएको प्रतियोगितामा उत्कृष्ट गोलकिपरमा भैरवनाथका युमन ताम्रकार, उत्कृष्ट खेलाडीमा वि.के सुन चांदिका दिप बाराही, उच्च गोलकर्तामा दिल ह्याण्डीक्राफ्टका लिउसन राजकर्णिकार र दिनेश ताम्रकार, भैरवनाथका आशिष ताम्रकारले संयुक्त रुपमा प्राप्त गरे ।


प्रेसिडेन्ट च्वाइसमा भैरवनाथका आशिष ताम्रकार घोषित भएका थिए । त्यस्तै अण्डर १४ को उत्कृष्ट खेलाडीमा सिटी ह्याण्डीक्राफ्टका रेहान बाराही भएका थिए ।

प्रकाशित मिति : १२ आश्विन २०७६, आइतबार  ९ : १० बजे