४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


त्रिकोणात्मक क्रिकेट सिरिज खेल रद्ध


१५ आश्विन २०७६, बुधबार  

0
Shares

१५असोज ०७६ ललितपुर। सिंगापुरमा जारी त्रिकोणात्मक क्रिकेट सिरिज अन्तगर्त नेपाल र सिंगापुरबीचको खेल रद्द भएको छ । निरन्तर वर्षा भएपछि खेल रद्द गरिएको हो । खेल रद्द भएसँगै दुबै टोलीले एक —एक अंक बाँडेका छन् । आजको खेल रद्द भएसँगै नेपालको त्रिकोणात्मक सिरिजको यात्रा समाप्त भएको छ ।

सिंगापुरस्थित इन्डियन एसोसिसनको मैदान निरन्तर वर्षा भएपछि खेलमा टस समेत हुन सकेन । वर्षा नरोकिएपछि अम्पायरले खेल रद्द भएको निर्णय गरेका हुन् । यसअघि सिंगापुरविरुद्धको पहिलो खेलमा नेपाल ९ विकेटले विजय भएको थियो । टेष्ट राष्ट्र जिम्बाब्वेसँग भने दुबै खेलमा पराजित भएको थियो । पहिलो खेलमा ५ विकेटले पराजय भोगेको नेपाल हिजो दोस्रो खेलमा ४० रनले हारेको थियो । त्यसै गरी त्रिकोणात्मक टि ट्वान्टी सिरिजपछि नेपाली क्रिकेट टोली अब ओमानमा हुने पाँच राष्ट्र सहभागि टि —२० सिरिज खेल्न जाने भएका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ७ : ३२ बजे