१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चापागाँउको खुल्यो पहिलो रेष्टुराँ ः साउथ हव


१५ आश्विन २०७६, बुधबार  

0
Shares

साउथ हव रेष्टुरेण्ट । तस्रि ः ललितपुर खबर

लपु संवाददाता
१५ असोज ०७६, प्याङ्गगाँउ । दक्षिण ललितपुरको सदरमुकामको रुपमा परिचित चापागाँउको प्याङ्गगाँउमा पहिलोपल्ट सााउथ हव रेष्टरेण्ट खुलेको छ ।
व्यवस्थित शहरको आकार लिइसकेको चापागाँउमा राम्रो रेष्टुराँको अभाव खड्किएकोले आफूहरुले पुरा गरेको रेष्टुरेण्ट सञ्चालक राजेन्द्र न्यौपानेले बताछन् । चापाँगाउभित्र कतै बसेर कफी खाँदै एकान्तमा कुरा गर्न कुनै व्यवस्थित ठाँउ थिएन ।
रेष्टुरेण्टमा सामान्य मूल्य अफर गरेको न्यौपाने बताउछन् । उनका अनुसार चापागाँउमै पहिलो पल्ट थकाली खाना पनि उपलव्ध छ । यहाँ नानरोटी, पिज्जालगायत नयाँ परिकार पाइन्छ ।


रेष्टुरेण्ट स्थानीय ३ जना युवाहरुको लगानीमा खुलेको हो । केही समयपछि रुपटप सेवा पनि खुल्ने न्यौपानेले जानकारी दिए ।
रेष्टुराँमा सेमिनारलगायत वर्थडे पार्टीलगायतका कार्यक्रम गर्नका लागि ५० जना अट्ने हल पनि छ । साना छलफल कार्यक्रमका लागि २५ जना अट्ने मिटिङ्ग अर्को हल छ ।
गोदावरी भिलेज रिर्सोट,भ्यू भृकुटीलगायत नाम चलेका होटलमा लामो समय काम गरिसकेका कुक ऋषिकेश चालिसे साउथ हवमा आवद्ध छन् । न्यौपानेका अनुसार पहिलोदिन देखि नै उत्साहजनक रुपमा ग्राहक आइरहेका छन् ।

प्रकाशित मिति : १५ आश्विन २०७६, बुधबार  ११ : १६ बजे