१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


जोशीले गरे एनआइसि लगनखेल शाखाको शुभारम्भ


१६ आश्विन २०७६, बिहिबार  

0
Shares

शाखा शुभारम्भ गर्दै अजरमान जोशी ।

लपु संवाददाता
१६ असोज ०७६, लगनखेल । अरनिको व्यावसायिक प्रर्वद्धन तथा सांस्कृतिक समाजका अध्यक्ष अजरमान जोशीले ललितपुरको लगनखेल प्रयागपोखरीमा खुलेको एनअनईसि एशियाको शाखा शुभारम्भ गरेका छन् ।
कार्यक्रममा बोल्दै जोशीले पाटना बैंकहरुले हस्तकला नगरीलाई जोगाई राख्नका लागि सहयोग गर्न आग्रह गरे । उनले भने, बैंकहरुले पाटनमा स्थापित हस्तकला व्यावसाय प्रबद्र्धनका लागि सहुलियतपूर्ण ऋण दिएर हस्तकला नगरी जोगाउनका लागि आग्रह गरे ।
बैंक तथा वित्तीय संस्थाले ललितपुरको कला र संस्कृति र परम्परा जर्गेनामा विशेष सहयोग गर्नुपर्ने बताउनुभएको छ ।

एनआईसी एसिया बैंककको बुधबार शुभारम्भ गर्दै अध्यक्ष जोशीले सो कुरा बताउनुभएको हो । बैंक तथा वित्तीय संस्थाले सामाजिक दायित्व अन्तर्गत ललितपुरको कला, संस्कृति, भाषा र परम्परा जर्गेना कार्यलाई उच्च प्राथमिकतामा राख्नुपर्ने पनि उहाँको भनाई रहेको छ ।
बैंकले गर्ने खर्च मध्ये सिएसआरको रकम पाटनको कला संस्कृती प्रबद्र्धन हुनसके हाम्रो पछिल्लो पुस्ताले कला र संस्कृती सिक्न सक्थ्यो ।
ललितपुरलाई विश्वको ३५ औं कला नगरी घोषणा गरिएले बैंकले हस्तकलाको कच्चा पदार्थ आर्यात, कालिगढहरुलाई कर्जा दिँदा सहुलियत दरमा दिन व्यवस्था मिलाउन पनि उनले आग्रह गरेका थिए ।
कार्यक्रममा बोल्दै एनआईशी एसिया बैंक प्रदेश नं ३ का उपप्रमुख लक्ष्मण चालिसेले बैंकले ललितपुरका उद्यमी व्यवसायीको हितमा काम गर्ने प्रतिबद्र्धता व्यक्त गरेका थिए ।

शाखाप्रबन्धक मोहन कार्कीले स्थानीय कलाकारहरुको प्रवद्र्धनमा काम गर्ने योजना सुनाउका थिए । कार्यक्रममा अपाङ्गता भएका चित्रकार सुन्दर श्रेष्ठ र मनिष महर्जनको चित्रकला प्रदर्शन को शुभारम्भ गरिएको थियो ।

प्रकाशित मिति : १६ आश्विन २०७६, बिहिबार  ६ : ४७ बजे