६ जेष्ठ २०८१, आइतबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


रातारात रंगाइएको राजधानीको दृश्य


२२ आश्विन २०७६, बुधबार  

0
Shares

माइतीघर मण्डलामा रंग लगाउदै कामदार । तस्विर ः ललितपुर खबर

ललितपुर खबर फोटोग्राफी
२२ असोज ०७६, काठमाडौं । चीनिया राष्ट्रपति सी जिङ पिङको आसन्न नेपाल भ्रमणको पुर्वसन्ध्यामा राजधानी काठमाडौं रंग्याइएको छ । यहि असोज २७ गते राष्ट्रपति केही घण्टाका लागि काठमाडौं ओर्लिदै छन् । भारत भ्रमणपछि नेपाल आउने बताइए पनि सुरक्षाका कारण सबै बिषय खुलाइएको छैन ।

धोविखोला किनारमा राखिएको सुन्दर चित्र अंकित फ्रेक्स बोर्ड ।

राजधानीको तीनकुनेस्थित खाली जग्गामा रहेको फोहोर लुकाउन चारैतिर माटो उठाएर रुख रोपिएको छ र वरपर फूलहरु फुलाइएको छ । सडक वरपरका पेटी बार रेलिङ्गमा रंल लगाएर टिलिक्कै टल्काइएको छ ।

तिनकुनेस्थित वागमती नदि किनारको बारमा लगाइएको रंग ।

निर्माणाधिन वागमती र धोविखोला तिरमा सुन्दर तस्विर अंकित फ्रेक्स बोर्ड राखिएको छ । माइतीघर मण्डला रंग लगाएर चिटिक्क पारिएको छ । कालोपत्रेपछि सडकमा सेता ट्राफिक रेखा कोरिएको छ । आइल्याण्डमा बेमौसमी फुल फुलेको देख्न सकिन्छ ।
राजधानीको मुहार एकाएक फेरिएको देखेपछि तस्विर खिचाउन आगन्तुकहरु सडकमा ओर्लेका छन् ।

तीनकुनेको बगैचामा तस्विर खिचाउदै आगन्तुकहरु ।
दरवारमार्ग सडक आइल्याण्डमा फुलाइएको फूल ।
माइतीघरमा राखिएको डिजिटल सूचनापाटीमा देखिएको तस्विर ।
तिनकुने चौरमा रुख रोप्दै कामदार ।
माइती घर सडकमा बनाइएको ट्राफिक चिन्ह ।
रोपिएको फूल ।
कालोपत्रे गरिएको सडक ।
मण्डलामा पोलिस लगाइदै ।
तीनकुनेको फूलबारीमा डुल्दै आगन्तुक ।
तीनकुनेमा रोपिएको अग्ला रुख ।
रुख रोपिएपछिको राजधानी तीनकुने ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार  ९ : ४३ बजे