७ फाल्गुन २०८१, बुधबार | Wed Feb 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आइसिसीद्वारा क्यानमाथिको निलम्बन फुकुवा


२८ आश्विन २०७६, मंगलबार  

0
Shares

२८ असाेज २०७६,काठमाडाैं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी) ले नेपाल क्रिकेट संघ (CAN) को निलम्बन फुकुवा गर्ने निर्णय गरेको छ। दुबईमा बसेको आइसिसीको बोर्ड बैठकले शर्त राखेर निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो । आइसिसीका नियमहरु उल्लंघन गरेको भन्दै क्यान सन् २०१६ देखि निलम्बनमा परेको थियो ।

हालै क्यानको स्वतन्त्र निर्वाचनमा चतुरबहादुर चन्दको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएपछि निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त भएको आइसिसीले जानकारी दिएको छ। आइसिसीका अध्यक्ष शशांक मनोहरले नेपालमा भएको प्रगतिलाई ध्यानमा राख्दै निलम्बन फुकुवा गरेर पुन सदस्यको मान्यता दिइएको बताए । ‘यसका लागि नेपालले मापदण्डको पूर्ण पालना गर्नुपर्नेछ,’ उनले भने, ‘यसका लागि एउटा संक्रमणकालिन योजना बनाइनेछ। जसमा नियन्त्रित कोष पनि समावेश हुनेछ।’

त्यसैगरी आइसिसीले जिम्वाब्बेको प्रतिबन्ध पनि फुकुवा गरेको छ भने महिला क्रिकेटको पुरस्कार समेत बढाउने निर्णय गरेको छ

प्रकाशित मिति : २८ आश्विन २०७६, मंगलबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।