१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


विवाह गर्न लागि मेरो स्वयम्बर


२९ आश्विन २०७६, बुधबार  

0
Shares

पत्रकारसम्मेलनमा बोल्दै ठाकुर प्रसाद भुसाल ।

लपु संवाददाता
२९ असोज ०७६, ललितपुर । उपयुक्त जीवन साथी नपाएर हैरान त हुनु हुन्न । तपाईजस्तै युवायुवतीहरुको विवाह गराईदिनका लागि राजधानीमा मेरो स्वयम्बर नामको संस्था खुलेको छ । यो संस्था गुरुमञ्जरी संस्थाको शाखा हो ।
संसारभर रहेका नेपाली मुलका युवा युवतल्हरुको विवाह सनातन धार्मिक परम्परा अनुसार गराउनका लागि मेरो स्वयम्बर खोलिएको संस्थापक प्रकाश ढोडारीले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा बताए । ढोडारीले भने, ‘विवाहका लागि सम्बन्ध विच्छेदको सम्भावना कम गराएर उपयुक्त जोडी खोज्न सहयोग गर्छौ ।’
मेरो स्वयम्बरले धार्मिक,आर्थिक,बैचारिक पक्ष उपयुक्त व्यक्ति खोज्न सहयोग गर्ने ठाकुरप्रसाद भुसाल बताउछन् । उनी भन्छन्, विवाहका लागि आर्थिक सामाजिक हैसियतसँगै संस्कार र कुलीन युवा युवती खोज्न मेरो स्वयम्बरले सहयोग गर्छ ।

पत्रकार सम्मेलनमा सहभागी पत्रकारहरु ।

मेरो स्वयम्बरमार्फत विवाह गर्न मेरो स्वयम्बर डट कम लगअन गरेर फारम भर्नुपर्छ । मेरो स्वयम्बरले ज्योतिषि परार्मस,बास्तु परामर्स र धार्मिक अनुष्ठानमा समेत सहयोग गर्नेसंस्थापक ढोडारीले बताए ।
मेरो स्वयम्बरमार्फत विवाह गर्न दर्ता शुल्क ५० डलर लाग्ने भुसालले बताए । उनले भने,यो दर्ता मात्रै हो । फराम भरेर उपयुक्त बर वा बधु भेटाउने बेला थप शुल्क लाग्छ । कानुनी सल्लाहकार सरोज गिरीका अनुसार मेरो स्वयम्बरले कानूनी प्रकृया पुरा गरेर मात्रै विवाह गराउछ ।

प्रकाशित मिति : २९ आश्विन २०७६, बुधबार  १० : ०६ बजे