२ जेष्ठ २०८१, बुधबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


बेलायतमा एक किशोरीको दुईवटा योनी भएको पुष्टि


३० आश्विन २०७६, बिहिबार  

0
Shares

३० असोज ०७६,काठमाडौं ।  बेलायतमा एक किशोरीको दुईवटा योनी भेटिएकी छिन् । बेलायत गिलिङघाम केन्टस्थित १९ वर्षीया किशोरी मोली रोज टेलरमा महिनावारी समस्या थियो । महिनावारीमा समस्या भएपछि उनी अस्पताल गएकी थिइन् । डाक्टरले उपचार गर्नेक्रममा मोलीको दुईवटा योनी भएको पत्ता लगाएको छ ।

मोलीको ९ वर्षको उमेरहुँदादेखि महिनावारी निकै पीडादायी भएको बताउँदै आएकी थिइन् । चिकित्सकले भने यस घटनालाई अनौठो भनेका छन् । उनीहरुको अनुसार मोली युटेरस डिडेल्फीबाट पीडित भएको पुष्टि गरेका छन । डाक्टरहरू उनमा वास्तवमै दुईवटा योनी, गर्भ र गर्भाशयहरू छन् भनी पत्ता लगाउँदा छक्क परेका थिए ।

प्रकाशित मिति : ३० आश्विन २०७६, बिहिबार  १ : ०२ बजे