८ जेष्ठ २०८१, मंगलबार | Tue May 21 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ


३ कार्तिक २०७६, आइतबार  

0
Shares


०३ कार्तिक २०७६काठमाडौं । तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आज नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ ।यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि १४ खेलाडी र छ अफिसियलसहित २० सदस्यीय नेपाली टोली त्यसतर्फ प्रस्थान गरेका हुन् । छनोट खेलमा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा ताजकिस्तान, उज्वेकिस्तान र अफगानिस्तान रहेका छन् । यही कात्तिक ६ गते उद्घाटन समारोहपछि नेपालले ताजकिस्तानसँग खेल्दै खेलकाे सुरुवात गर्नेछ ।

त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक ७ गते उज्वेकिस्तानसँग तथा अन्तिम खेल ८ गते अफगानिस्तानसँग खेल्नेछ । नेपाली टोलीमा विजय गुरुङ, अनिष श्रेष्ठ, निर्मल गुरुङ, सरोज तामाङ, आदिल हमिद, अभय राना, अरुज सिंह, विजय श्रेष्ठ, सरोज गुरुङ, विनोद गुरुङ, आशिष लामा, मणि लामा, सुमित आले र सन्जोग चाम्लिङ राई छन् ।त्यस्तै नेपाली टोलीको मुख्य प्रशिक्षकमा विष्णु गुरुङ र सहायक प्रशिक्षकमा गौरव बस्नेत रहेका छन् ।

प्रकाशित मिति : ३ कार्तिक २०७६, आइतबार  २ : ३१ बजे