१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


डब्ल्यूसीएल क्रिकेट तियोगितामा : ललितपुरले दियो पोखरालाई १ सय २३ रनको लक्ष्य


४ कार्तिक २०७६, सोमबार  

0
Shares

०४ कार्तिक २०७६ ,काठमाडौ । काठमाण्डौमा भइरहेको वुमन्स च्याम्पियन्स लिग डब्ल्यूसीएल क्रिकेट प्रतियोगितामा ललितपुर फाल्कोन्सले पोखरा पल्टनलाई १२३ रनको लक्ष्य दिएको छ ।

सबै खेलमा पराजित भएका दुई टिमले सोमबारको जितसँगै प्रतियोगिता टुंग्याउने लक्ष्यमा छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सोमबार टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा ७ विकेट गुमाएर १२२ रन बनाएको थिए ।

ललितपुरका लागि ममता चौधरीले सर्वाधिक ५२ रनमा नट आउट रहिन् । कवित जोशीले ३१ रन बनाउँदा सम्झना खड्काले १० रनको योगदान गरिन् । अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पोखराका लागि सिता रानामगरले २ विकेट लिँदा नविना खड्का, अञ्जली चन्द र राजमति ऐरीले एक एक विकेट हात पारेका थिए ।

प्रकाशित मिति : ४ कार्तिक २०७६, सोमबार  २ : १० बजे