८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


बागमती अध्यक्ष कपको उपाधि सशक्तीकरणलाई


५ कार्तिक २०७६, मंगलबार  

0
Shares

लपु संवाददाता
५ कार्तिक ०७६, ललितपुर । दक्षिण ललितपुरको वागमती गाँउपालिकाले आयोजना गरेको अध्यक्ष कप फुटवल प्रतियोगिताको उपादी ललितपुरको आश्राङ्गको सशक्तिकरण युवा क्वलले उचालेको छ । सोमबार प्युटारस्थित खयरघारीमा सम्पन्न फाइन खेलमा मकवानपुरको बकैया गाउँपालिका ९ च्याउँच्याउँको एकता बेण्ड क्लवविरुद्ध टाइब्रेकरमा ४ होल हानेको हो । दुवै क्वलले निर्धारित समयसम्म दुवैतर्फबाट गोल हान्न नसकेपछि खेल ट्राईबे्रकरसम्म धकेलिएको थियो ।
बकैया १० को ठाकुर सपोर्ट क्लवले तेश्रो स्थान र बागमती गाउँपालिका ७ गिम्दीको बसन्त युवा क्लवले चौथो स्थान हासिल गरेको छ ।
बिजेता प्रथम हुने सशक्तीकरण क्लवले १ लाख, दोस्रो एकता बेष्टले ५० हजारलाई प्रदान गरियो । सथै ठाकुर स्पोर्ट र बसन्त युवा क्लवले २० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र, पाएका थिए ।
फुटबल प्रतियोगितामा बेस्ट किपर विवेक देशार, शसक्तिकरण युवा क्लब बेष्ट डिफेन्स अनिल देशार, बेस्ट फरवाटफ आकाश मगर, एकता बेण्ड क्लब र बेष्ट हाईस्कोर राजन स्याङतान बेष्ट प्यलेर मिलन रुम्बा, र बेष्ट कोच नारायण बहादुर भोम्जन घोषित भए ।


समापन कार्यक्रममा बोल्दै बागमती गाउँपालिकाका अध्यक्ष एबम प्रमुख अतिथि वीर बहादुर लोप्चानाले जिल्ला,राष्ट्रिय तथा अन्तराष्ट्रिय रुपमा समेत फूटबल खेल्न सक्ने खुबी भएका,नाम चलेका खेलाडी तथा दर्जनौं क्लवहरुहरुको सहभागितामा प्रतियोगिता सफलतापूर्वक सम्पन्न हुनु बागमती गाउँ पालिका गौरवको विषय रहेको उहाँको धारण व्यक्त गरे । विश्वका थुप्रै देशहरुले फूटबल खेलको माध्यमबाटै आफ्ना नाम स्थापित गराएका छन् तर नेपाली इतिहास हेर्दा नेपाली फूटवलको यात्रा कठिन यात्रा रहेको उनको तर्क थियो ।
फाइनल खेलको प’रस्कार वितरण समारोहमा पालिकी उप प्रमुख रन्जना घिमिरे प्रदेश नं ३ खेलकुद परिषद सदस्य विकाश तामाङ, नेपाली काङ्ग्रेस ख को सभापति रामकृष्ण तामाङ, छोर्गे युवा क्लब को संस्थापक अध्यक्ष तथा सल्लाहकार श्याम बहादुर लोप्चान, विभिन्न राजनीति दलका प्रतिनिधि संघसंस्थाका प्रतिनिधिहरुको उल्लेखनीय सहभाता थियोे ।
‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने नाराका साथ बडादशैं, दिपावली , नेपाल संवत तथा छठ पर्वको अवसरमा बागमती गाउँपालिकाका वडा नं ४ प्युटारमा गतअसोज २९ देखि सुरु भएको गाउँपालिका अध्यक्ष कप फुटबलको उपाधि आश्राङ्गको सशक्तीकरण युवा क्लबले हात पारेको छ । बागमती खेलकुद विकास समितिको आयोजना र गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित प्रतियोगिताको सोमबार समापन भएको हो ।

प्रकाशित मिति : ५ कार्तिक २०७६, मंगलबार  ७ : ५० बजे