१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला च्याम्पियन्स लिगकाे उपाधि चितवन राईनोजले जित्याे


८ कार्तिक २०७६, शुक्रबार  

0
Shares

 

८  कार्तिक २०७६,काठमाडौं ।  कुनै पनि प्रतियोगिता खेलेपछि एउटाले हार्छ, अर्कोले जित्छ ।यो स्वभाविक खेलको नियम हो । नेपालमा पहिलो संस्करणको महिला फ्रेन्चाइज लिग महिला च्याम्पियन्स लिग टी(२० क्रिकेटको उपाधि चितवन राईनोजले जितेको छ।

बिहिबारकाे दिन त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल प्रतिस्पर्धात्मक खेलमा क्याट क्‍विन्स काठमाडौंलाई ४५ रनले पराजित गर्दै चितवनले उपाधि बाजि मारेकाे छ  जमाएको हो। जितका लागि १ सय १३ रनको लक्ष्य पछ्याएको काटमाडौं ६७ रनमै खुम्चियो। काठमाडौं निर्धारित २० ओभरमा ६७ रनमा अलआउट हुन पुग्यो। काठमाडौंका लागि अप्सरी बेगमले १५, ममता थापा र इश्वरी विष्टले समान १३(१३ रन बनाए। बाँकी व्याट्सवुमनले दोहोरो अंकको रन बनाउन सकेनन्। काठमाडौंलाई सस्तैमा समेट्न सुमन खतिवडा र निग्मा तामाङले ३(३ विकेट खसाले।

त्यसअघि टस हारेर पहिले ब्याटिङ्गमा तानिएको चितवनले पुरा ओभरमा ४ विकेट खर्चदै १ सय १२ रन बनाएको थियो। चितवनकी सुमन खतिवडाले सर्वाधिक २९ रन बनाउँदा कप्तान इन्दु बर्मा २२ रनमा नटआउट रहिन्। काजोल श्रेष्ठले २१, कञ्चन श्रेष्ठले १९ रन बनाइन्। सरस्वती कुमारी, लक्ष्मी साउद, संगीता राईले एकएक विकेट लिए। ५ फ्रेन्चाईज टोली सहभागी प्रतियोगिताको उपाधिसँगै चितवनले नगद ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ। उपविजेता काठमाडौंले ३ लाख रुपैयाँमै चित्त बुझाएको छ।

 

प्रकाशित मिति : ८ कार्तिक २०७६, शुक्रबार  ८ : २७ बजे