१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


चिलिमेको २५ प्रतिशत आम्दानी शेयरधनीले पाउने


१८ कार्तिक २०७६, सोमबार  

0
Shares

 

चिलिमेको कार्यालय ।

१८ कार्तिक ०७६, ललितपुर । चिलिमे जलविद्युत् कम्पनीले आर्थिक वर्ष २०७५÷०७६ को मुनाफाबाट शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले ५ प्रतिशत नगद लाभांश र २० प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको कम्पनी सचिव नारायणप्रसाद आचार्यले जानकारी दिएका छन् ।

बैठकले रु ९५ करोड १६ लाख २७ हजार १५६ बराबरको शेयर लाभांश र कम्पनीले रु २३ करोड ७९ लाख छ हजार ७८९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी मङ्सिर ११ गते बस्ने २३ औँ वार्षिक साधारणसभाले उक्त प्रस्ताव पारित गरेपछि कम्पनीको चुक्ता पूँजी रु पाँच अर्ब ७० करोड हुनेछ ।
कम्पनीका तीन सहायक कम्पनीले कुल १११ मेगावाटको रसुवागढी, ४२.५ मेगावाट क्षमताको तल्लो साञ्जेन र १४.८ मेगावाटको माथिल्लो साञ्जेन र १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । साञ्जेन र रसुवागढी जलविद्युत् आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताइएको छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  १० : ४२ बजे