१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


निगमले मंसिरदेखि ग्वोञ्जाओ उडान गर्ने


१९ कार्तिक २०७६, मंगलबार  

0
Shares

नेपाल एअरलाइन्स ।

१८कार्तिक २०७६, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल एअरलान्सले चीनको गोञ्जाओ उडान भर्ने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौतामा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो ।
मन्त्रालयका एक अधिकारीको भनाई अनुसार निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ । मंसिर महीनादेखि उडान शुरु हुने सम्भावना रहेको उनले बताएका छन् ।
निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सतभए पनि चीनमा भएको हवाई सम्झौताका बेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान–प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेपछि उडान सुनिश्चित भएको हो ।
निगमले कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाइसकेको छ । केही समयमा ग्वोञ्जाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ ।
साथै निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र सांङ्घाई उडानका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ । त्यसपछि निगमले उडान अनुमति पाउने छ ।

नेपाल र चीनको संयुक्त लगानी रहेको हिमालय एयरलाइन्सले यही कात्तिक १० देखि चीनको राजधानी बेइजिङमा सिधा उडान शुरु गरिसकेको छ । हिमालयले चीनका अन्य थप पाँच गन्तव्यमा पनि उडान विस्तार गर्ने तयारी गरेको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ४६ बजे