५ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


नागवहालमा मेयर कप टेवुल टेनिस शुरु


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

कार्यक्रमको उद्घाटनपछि मेयर चिरिबाबु महर्जन।

२४ कार्तिक ०७६, ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले नागबहालमा स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ शुरु मेयर कप २०७६ को उद्घाटन गर्नु भएको छ ।
ललितपुर महानगरपालिका वडा नं. १६, इतिल्हन युथ क्लव र ललितपुर जिल्ला टेवुल टेनिस संघको संयुक्त आयोजनामा शुरु खेलमा नगरपालिका सबै वडाहरु प्रतिश्पर्धा गरिहेका छन् ।
खेलको शुरुमा व्यइज जुनियर सिङ्गल अन्र्तगत वडा नं. ८ का रुविन महर्जन वडा नं. ७ का रुविन महर्जन र गल्स जुनियर सिङ्गलमा इभाना थापा वडा नं. १२ की तृषा महर्जन फाइनलमा प्रवेश गर्नुभएको छ ।

प्रतिश्पर्धा गर्दै एक खेलाडि ।

शुरुआती खेल आयोजकका तर्फबाट महासचिव सुरेश बज्राचार्य र राजेन्द्र बज्राचार्यले खेल्नु भएको थियो ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ८ : ३४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।