४ श्रावण २०८२, शनिबार | Sat Jul 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


आज राष्ट्रिय क्रिकेट टोली बङ्गलादेश प्रस्थान राष्ट्रिय क्रिकेट टोली बंगलादेश प्रस्थान


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

२५ कार्तिक ०७६,काठमाडौँ । बङ्गलादेशमा यस सातादेखि शुरु हुने ‘एसीसी इमर्जिङ टिम्स एशिया कप’ क्रिकेट प्रतियोगिता खेल्न राष्ट्रिय क्रिकेट टोली आज त्यसतर्फ प्रस्थान गरेका छ ।

कात्तिक २८ देखि मङ्सिर ७ गतेसम्म सञ्चालन हुने उक्त खेलमा
सहभागिताजनाउन नौ खेलाडीसहितको टोली आज बङ्गलादेश प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

यस अगाडी हिमालय एयरलाइन्समा सबै सदस्यको मङ्गलबारका लागि टिकट काटे पनि अन्तिम समयमा रद्द भएपछि तीन चरणमा टोली पठाउन लागिएको अध्यक्ष चन्दले बताए । अन्य खेलाडी मङ्गलबार र बुधबार बङ्गलादेश जाने छन ।

त्यसैगरी बङ्गलादेश प्रथान गर्नेमा विनोद भण्डारी, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, इशान पाण्डे, ललितनारायण राजवंशी, आरिफ शेख, पवन सर्राफ, करण केसी र एनालिष्ट रमन शिवाकोटी रहेका छन्।

मङ्गलबार प्रशिक्षक उमेश पटवाल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, दीपेन्द्रप्रताप सिंह ९सहायक प्रशिक्षक० र फिजियो विक्रम न्यौपाने र बुधबार कुशल भुर्तेल, सन्दीप जोरा, सुशन भारी, अविनाश बोहोरा, रोहितकुमार पौडेल र व्यवस्थापक प्रशान्तविक्रम जाने भएका छन्।

उक्त प्रतियोगितामा नेपालसहित टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलङ्का, अफगानिस्तान, बङ्गलादेश, ओमान र हङकङ सहभागी छन्। नेपाल समूह ‘बी’ मा छ। उक्त समूहमा भारत, बङ्गलादेश र हङकङ छन् भने समूह ‘ए’ मा ओमान, पाकिस्तान श्रीलङ्का र अफगानिस्तान छन्। नेपालले पहिलो खेल कात्तिक २८ गते भारतसँग खेल्नेछ। नेपालले कात्तिक ३० गते हङकङसँग तथा मङ्सिर २ गते बङ्गलादेशसँग खेल्नेछ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ३ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।