३० असार २०८१, शनिबार | Sun Jul 14 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


भलिबल खेलमा किर्गिस्तानलाई पराजित गर्दै नेपाल बिजय


२५ कार्तिक २०७६, सोमबार  

0
Shares

 

२५ कार्तिक०७६  काठमाडौँ । बङ्गलादेशमा जारी भएकाे‘एभीसी एशियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप’खेलमा नेपालले किर्गिस्तानलाई पराजित गरेको छ ।

बङ्गलादेशकाे राजधानी ढाका मिरपुरअवस्तिथत शहिद शुरवार्दी इन्डोर हलमा आइतबार भएको दोस्रो खेलमा नेपालले किर्गिस्तानलाई ३–० सेटले पराजित गरेको हो । नेपालले पहिलो सेट २५–१५ अङ्कले आफ्नो पक्षमा पा¥यो भने दोस्रो सेट २५–१९ अङ्कले र तेस्रो सेट २५–२० अङ्कले जितेको हो।

यसअघि नेपालले पहिलो खेलमा अफगानिस्तानलाई ३–० सेटले पराजित गरेको थियाे। यसरी जीतसँगै नेपालले दुई खेलबाट ६ अङ्क जोडेको छ। नेपालले मङ्गलबार आयोजक बङ्गलादेशसँग खेल्दैछ ।

प्रकाशित मिति : २५ कार्तिक २०७६, सोमबार  ६ : ३८ बजे