१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ग्राहकलाई आफ्नै नामको सिम प्रयोग गर्न नेपाल टेलिकमकाे अनुरोध


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

२६ कार्तिक ०७६ काठमाडौं । नेपाल टेलिकमले आफ्ना ग्राहकलाई आफ्नै नामको सिम प्रयोग गर्न अनुरोध गरेको छ। टेलिकमले नयाँ व्यवस्था अनुसार व्यक्तिको पहिचान कोड बनाउनुपर्ने भएकाले आफ्नै नामको सिम प्रयोग गर्न अनुरोध गरेको छ।

डिजिटल भुक्तानीको बजार बढ्दै गएको र मोबाइलबाटै पेमेन्ट गर्न सहज र सुरक्षित होस् भन्ने हेतुले यस्तो अनुरोध गरेको टेलिकमले बताएको छ।

त् व्यक्तिको सुरक्षामा समेत सहयोग हुने, अरुको नाममा दर्ता भएको सिमबाट अवाञ्छित कार्यमा प्रयोग भए त्यसको भागिदार ग्राहक हुने भएकाले टेलिकमले सचेत गराएको हो।

स्टार९२२ह्याक्स डायल गरी आफ्नो सिम कसको नाममा दर्ता छ भन्ने थाहा पाउन सकिन्छ। यसैगरीअरुको नाममा दर्ता भए ता पनि टेलिकम शाखा कार्यालयबाट आफ्नो नाममा दर्ता गराउन टेलिकमले अनुरोध गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ६ : ५२ बजे