१६ बैशाख २०८१, आइतबार | Mon Apr 29 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

रोचक


इन्स्टाग्रामले लाइक संख्या नदेखाउने , परीक्षणलाई तिव्रता दिदै


२६ कार्तिक २०७६, मंगलबार  

0
Shares

 

२६ कार्तिक ०७६, एजेन्सी । सामाजिक सञ्जाल फेसबुक स्वामित्वको फोटो सेयरिङ एप इन्स्टाग्रामले लाइकको संख्या लुकाउने आफ्नो परीक्षणलाई तिव्रता दिएको छ ।

यो सातादेखि अमेरिकी प्रयोगकर्ता माझ यसको परीक्षण सुरु हुने कम्पनीले जानकारी गराएको छ ।

यसअघि इन्स्टाग्रामले जापान, ब्राजिल र क्यानडाका सीमित प्रयोगकर्ताको यसको परीक्षण स्रुवात गरेको थियो । परीक्षणको नतिजा सकारात्मक आएकोमा कम्पनीले अमेरिकामा पनि परीक्षण गर्ने भएको छ ।

विश्वभरका प्रयोगकर्ताको इन्स्टाग्राम लाइक संख्या लुकाउने केही समयपछि कम्पनीको योजना रहेको छ ।
अमेरिकामा मात्र इन्स्टाग्रामको १० करोडभन्दा बढी प्रयोगकर्ता छन् ।

लाइक संख्याले आफ्नो प्लेटफर्ममा सेलिब्रेटी र साधारण प्रयोगकर्ताबीच वर्ग छुट्याएको भन्दै इन्स्टाग्रामले लाइक संख्या नदेखाउने फिचरको परीक्षण सुरु गरेको हो ।

त्यसैगरी आफ्नो पोष्टमा आएको लाइक तथा कमेन्ट संख्या प्रयोगकर्ताले हेर्न सक्ने भएता पनि अन्य प्रयोगकर्तालाई देखाइने छैन । यो फिचरले प्रयोगकर्तामाझ लाइक बढाउने अस्वस्थ प्रतिस्पर्धा नहुने कम्पनीको धारणा ब्यक्त गरेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७६, मंगलबार  ८ : ०३ बजे