१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


महिला भलिबल : उपाधिका लागि आज नेपाल माल्दिभ्संग प्रतिस्पर्धा गर्दै


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares

 

२८ कार्तिक ०७६,काठमाडौं ।  एसियन भलिबल कन्फेडेरेसन (एभिसी)  सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधिका लागि आज  नेपालले माल्दिभ्संग कडा प्रतिस्पर्धा गर्दैछ ।

त्यसैगरी  बंगलादेशको ढाकास्थित शहीद सुहरावर्दी ईन्डोर स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो पौने ३ बजे सुरु हनेछ ।

समूह चरणको शीर्ष स्थानकायम गर्दै फाईनल पुगेको नेपालले सहजै उपाधि जित्ने अनुमान गरिएको छ । लामो समय अन्तराष्ट्रिय उपाधि जित्न नसकेकाे नेपाललाई बंगलादेशमा ईतिहास रच्ने अवसर समेत रहेकाे छ।

समूह चरणको सबै खेलमा  जित निकाल्दै सतप्रतिशत नजिता सहित नेपाल फाईनल पुगेको हो । समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई समान ३–० ले हराएको टिमसंग नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछ ।

सोही कारण पहिलो संस्करणको एभिसी महिला सेन्ट्रल जोनको उपाधि नेपालले जित्ने आशा गरिएको छ । खेलमा नेपालले अफगानिस्तान, कीर्गिस्तान, बंगलादेश र माल्दिभ्सलाई हराएको थियो ।

यसैगरी  पहिलो संस्करणको खेलमा नेपाल सहित पाँच राष्ट्र सहभागी छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  १ : १९ बजे