१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ओपोले ५जी स्मार्टफोन सार्वजनिक गर्ने


२८ कार्तिक २०७६, बिहिबार  

0
Shares


२४ कार्तिक ०७६, काठमाडौं । विश्वस्तरमै अग्रणी स्मार्ट उपकरण ब्राण्ड, ओपोले डुअल मोड फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने योजना घोषणा गरेको छ । ओपोका चिफ ५जी साइन्टिस्ट, हेनरी ट्याङले बार्सिलोनामा आयोजित क्वालकम ५जी समित २०१९ मा गरेको घोषणा अनुसार नया ँउपकरण,क्वालकमको डुअल मोड फाइभ जीबाट सञ्चारित हुनुका साथै यसले स्ट्याण्डखअलोन (एसए र नन्(स्ट्याण्डअलोन (एनएसए) नेटवर्क दुबै सपोर्ट गर्नेछ ।
फाइभजी समितमा ओपोको प्रतिनिधित्व गर्दै विश्वकै अग्रणी प्राविधिक कम्पनीहरुका एक्जेक्यूटिभ्स र आरएण्डडी प्रिन्सिपल्सका सामु ट्याङले फाइभजीको हालको अवस्था र भविस्यका उत्पादन, उपयोगिता र अर्को पुस्ताको कनेक्टिभिटीद्वारा भविस्यमा प्राप्त हुने अदृतिय अनुभव र सम्भावनाका बारेमा आफ्नो धारणा प्रस्तुत गरेका थिए । निकट भविस्यमा नै फाइभजी स्मार्टफोनको ब्यापक प्रयोग हुने आफ्नो विश्वास ब्यक्त गर्दै ट्याङले वैश्विक रुपमा आफ्ना उत्पादनको उपस्थिती र प्रतिस्पर्धात्मक फाइदाप्रति संकेट गरे ।
“ओपो लगायत अन्य औद्योगिक सहपाठीका अथक प्रयासले फाइभ जी अपनत्वमा तिब्रता ल्याउन सघाएको छ । केही छानिएका देश तथा क्षेत्र अहिले नै ओपोका फाइभजी स्मार्ट फोनका प्रारम्भिक गहनकर्ता समेत बनिसकेका छन् ।”, ट्याङले भने,“हाम्रो नेक्स्ट जेनरेसन डुअल(मोड फाइभजी अफरिङले, विश्वभरका उपभोक्तालाई फाइभजीको सहज उपलब्धता प्रदान गर्दै अझ बढी बजारका अझ बढी उपभोक्तालाई अदृतिय अनुभव प्रदान गर्ने हामीले आशा लिएका छौँ ।”
मेँ २०१९ मा ओपोले स्विट्जरल्याण्डको अग्रणी टेलिकम कम्पनी, स्विसकमसंग सहकार्य गर्दै स्विस बजारमा ओपो रेनो फाइभजी आधिकारिक रुपमा सार्वजनिक गर्यो । यससंगै यो ह्याण्डसेट ब्यापारिक परियोजनका साथमा यूरोपमा उपलब्ध भएको पहिलो फाइभजी ह्याण्डसेट बन्यो । विश्वभर फाइभ जीको कमर्सियलाइजेसनमा तिब्रता ल्याउनका लागि ओपो अहिले एक डर्जन भन्दा बढी अपरेटर्ससंग सक्रिय रुपमा सहकार्य गरिरहेको छ । आउने दिनमा ओपोले थपफाइभजी उत्पादनहरु वैश्विक बजारमा पस्कँदै जाने योजना बनाएको छ ।
फाइभजी उपकरण विकासका लागि अग्रणी तथा संवाहकका रुपमा ओपोले मानक स्थापना, सफ्टवेयर लगायत फाइभजी प्रविधि सम्बन्धित विभिन्न प्राविधिक क्षेत्रमा विशेषज्ञता हात पारी सकेको छ । सन् २०१५मा स्थापित ओपोको फाइभजी आरएण्डडी समुहले सक्रिय रुपमा नेक्स्ट जेनरेसन मोबाइल प्रविधिका लागि मानक स्थापनाका लागि उल्लेख्य योगदान दिँदै आइरहेको छ । सन् २०१९को सेप्टेम्बर सम्म आइपुग्दा ओपोले २ हजार ५०० भन्दा बढी वैश्विक प्याटेन्ट फेमिलिज्का लागि निवेदनदर्ता गराइसकेको छ । त्यसैगरी, यूरोपियन टेलिकम्यूनिकेसन्स स्ट्यान्डर्ड ईन्ष्टिच्यूट (ईटीएसआई)मा १ हजार भन्दा बढी फाइभजीका लागि आवश्यक प्याटेन्ट फेमिलिज्को घोषणा गरिसकेको छ । साथै,ओपोले ३ हजार भन्दा बढी फाइभजी स्ट्याण्डर्ड सम्बन्धि कागजात थ्रीजीपीपीलाई हस्तान्तरण (सबमिट) गरिसकेको छ । यसले ईन्टरनेशनल स्ट्यान्डर्ड्स अर्गनाजेसनमा ओपोलाई टप कन्ट्रिब्यूटर्सको सूचिमा अग्रणी स्थानप्राप्त छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७६, बिहिबार  १० : २० बजे