१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


टी १० क्रिकेट लिगमा सन्दीप लामिछानेकाे टिम बंगला टाइगर्ससँग ५ विकेटले पराजित


२ मंसिर २०७६, सोमबार  

0
Shares

२ मंसिर ०७६ काठमाडौं । यूएईमा जारी टी १० क्रिकेट लिग खेलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आवध रहेको टिम कर्नाटका टुसकेर्स बंगला टाइगर्ससँग ५ विकेटले पराजित भएको छ ।

शेख जायद स्टेडियममा कर्नाटकाले दिएको १ सय १५ रनको लक्ष्य बंगलाले ८ ओभर ५ बलमा मात्र ५ विकेट गुमाएर पुरा गर्यो ।
बंगलाको जितका लागि आन्द्रे फ्लेट्चरले ४० रन जोड्दा टम मोरेसले अविजित २८ रन बनाएका हुन् । यस्तै रिले रोस्सोले २२ रन बनाउदा रोबीले १३ रन जोडे थिए ।

त्यस्तै सन्दीपले ९ रन खर्चिएर २ विकेट लिएर एक रनमा आउट समेत गरे । पहिलो खेलमा सन्दीपले १ विकेट लिएका हुन् ।
यस अगाडीटस हारेर पहिले ब्याटिङ गरेको कर्नाटकाले १० ओभरमा १ विकेट गुमाएर १ सय १४ रन बनाएको थियो । भने
कर्नाटकाका लागि जोनसन चार्ल्सले ५७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कप्तान हसिम अमलाले अविजित ४७ रन बनाएका थिए ।

त्यस्तैगरी समूह ए मा रहेको कर्नाटका २ खेलमा २ अंक जोडेर अन्तीममा पुगेको छ । बंगलाको यो पहिलो जित हो । बंगला २ खेलमा २ अंक नै जोडेर शीर्ष स्थानमा रहेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७६, सोमबार  ६ : २५ बजे