१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


ग्लोबल आइएमई बैंकले शेयरधनीलाई २५. ५ प्रतिशत लाभांश दिने


३ मंसिर २०७६, मंगलबार  

0
Shares

३ मंसिर ०७६, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५÷७६ मा शेयरधनीलाई २५ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ ।

बैंकले आव २०७५÷७६ मा रु दुई अर्ब ७६ करोड खुद मुनाफा आर्जन गरेको थियो । बोनस शेयर वितरणपश्चात बैंकको चुक्ता पुँजी रु ११ अर्ब ७६ करोड पुग्ने बैंकले जनाएको छ । साथै साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आइएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।

त्यसैगरी सोमबार सम्पन्न साधारणसभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैंकसमक्ष अन्तिम स्वीकृतिप्राप्त गरी ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोवारका लागि अन्तिम तयारी भइरहेको छ ।साधारणसभाले बैंकको अधिकृत पूँजी रु १६ अर्बलाई वृद्धि गरी रु २५ अर्ब कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको बैंकले जानकारी दिएकाे छ ।

बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्सिरभित्र एकीकृत कारोवार शुरु गर्ने योजना रहेको बताए । मर्जरपछि ग्लोबल आइएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने र शेयरधनीको आकाङ्क्षाअनुरुप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यी दुई बैंकले गत असार २० गते मर्जरका लागि पहिलाे चरणामा सहमति गरेका थिए भने गत कात्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आइएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबल आइएमईका तर्फबाट पाँच र जनता बैंकका तर्फबाट दुई जना रहने सहमति भएको छ ।

त्यस्तै मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायब कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ । मर्जरपछि ग्लोबल आइएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पूँजी करीब रु १९ अर्ब, कूल निक्षेप रु दुई खर्ब १० अर्बभन्दा बढी र कूल कर्जा लगानी करीब रु दुई खर्ब पुग्नेछ ।

त्यस्तै बैंकका शाखा सञ्जाल करीब ३०० तथा सेवा केन्द्रको सङ्ख्या ८५० भन्दा बढी हुनेछ । बैंकमा तीन हजार २५० भन्दा बढी कर्मचारी रहनेछन् । त्यस्तै बैंकका २५६ एटिएम, २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, तीन वैदेशिक सम्पर्क कार्यालय र करीब २० लाख ग्राहक सङ्ख्या रहने बैंकले जानकारी दिएकाे छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ७ : ४४ बजे