८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


छम्पीमा दोश्रो राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता हुने


३ मंसिर २०७६, मंगलबार  

0
Shares

ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा सहभागीहरु । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
३ मंसिर ०७६, ललितपुर । ललितपुरको छम्पीमा दोश्रो राष्ट्रव्यापी क्योकुशिन कराते प्रतियोगिता आयोजना हुने भएको छ । यही पुस ४ र ५ गते नेपाल फेडेरेशन इन्टरनेश्नल कराते क्याकुशिनकाई शाखा डोजो छम्पीको आयोजनामा हुने प्रतियोगितामा २५० भन्दा धेरै खेलाडीहरुको सहभागिता क्याकुशिनकाई छम्पी शाखा संयोजक विदुर कार्कीले बताउनु भयो ।
कार्कीको अनुसार भारत श्रीलंकाइटली अफ्रिका ,ट्युनिशियालगायत देशका खेलाडीहरु समेत सहभागी हुनेछन् । संस्थाका अध्यक्ष लाक्पाको अनुसार खेलका प्रवद्र्धक कान्चो रिगार्डो भिल्लाको समेत सहभागी रहनेछ ।


केन्द्रिय सचिव विक्रम महर्जनका अनुसार १ बर्षअघि नेपाल भित्रेको यो क्याकुशिनकाई कराँतेको यो दोश्रो प्रतियोगिता हो ।
यो क्याकुशिनकाई खेल ललितपुर जिल्ला खेलकुद विकाश समितीमा दर्ता भई विभिन्न १० जिल्लामा डोजो संचालिनमा छ । प्रतियोगिताका लागि १२लाख ५० हजार लागत अनुमान गरिएको छ ।
पहिलो अन्र्तराष्ट्रिय सेमिनार
खेलअघि ललितपुरमै पहिलो अन्र्तराष्ट्रिय सेमिनार आयोजना समेत हुने ललितपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
स.सथाा अध्यक्ष लाक्पा शेर्पाका अनुसार भैसेपाटी छ्यासीकोटस्थित विन हिल होटलमो सेमिनार मंसिर १ र २ गते आयोजना हुनेछ भने ३ गते खेलाडीहरुको बेल्ट टेष्ट गरिनेछ । गतबर्ष मात्रै इटलीबाट शुरु यो कराते हाल ५० भन्दा धेरै देशमा फैलि सकेको छ । कान्चो रिगार्डो भिल्लाद्वारा स्थापना गरिएको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ८ : ३० बजे