८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मेस्सीले अर्जेन्टिनालाई हारबाट जाेगाए


३ मंसिर २०७६, मंगलबार  

0
Shares

३ मंसिर ०७६, काठमाडौं । लियोनल मेस्सीले अर्जेन्टिनालाई हारबाट जाेगाएका छन् । सोमबार राति उरुग्वेसँग अन्तराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा अर्जेन्टिनाले २–२ को बराबरी खेलेको हो ।

त्यस्तै हारको संघारमा रहेको अर्जेन्टिनालाई मेस्सीले ईन्जुरी समयमा पेनाल्टीमा गोल मार्फत जोगाएका हुन् । खेलमा अग्रता ईडिन्सन काभानीको गोलमा उरुग्वेले ३४ औ मिनेटमा लिएको थियो ।

त्यसैगरी सर्जियो अग्युरोले ६३ औ मिनेटमा बराबरी गोल फर्काएका थिए । लुईस स्वारेजले ६८ औ मिनेटमा गोल गर्दै उरुग्वेलाई पुन अगाडी बढाएका थिए ।तर जिततर्फ उन्मुख उरुग्वेलाई मेस्सीले खेलको अन्तिम समयमा निराश पारे । अन्तराष्ट्रिय प्रतिबन्धबाट फर्किएका लियोनल मेस्सीले अर्जेन्टिनामा राम्रो प्रभाव जमाएका छन् ।

अघिल्लो खेलमा मेस्सीकै गोलमा अर्जेन्टिनाले ब्राजिललाई पराजित गरारएकाे थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  ९ : ३४ बजे