१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


सुन्दर यातयातको नाफा पनि सुन्दर


४ मंसिर २०७६, बुधबार  

0
Shares

सुन्दर यातयात

४ मंसिर ०७६, काठमाडौं । सुन्दर यातायातले हाल चक्रपथमा सञ्चालन गरिरहेका बसमा पेट्रोलियम पदार्थमा हुने खर्चभन्दा विद्युत् खपतवापत लाग्ने शुल्क पाँच गुणा कम देखिएपछि नाफा पनि सुन्दर नै देखिएको छ ।
विद्युतीय बस खरीद अरु बसभन्दा तुलनात्मकरूपमा महङ्गो भए पनि यसको सञ्चालन खर्च कम हुने पाइएको हो ।
डिजेलबाट चल्ने बस औसत छ पटक चक्रपथ घुम्दा दैनिक रु चार हजारसम्मको इन्धनमा खर्च हुन्छ । विद्युतीय सवारीसाधन चार्ज गर्दा महसुलवापत दैनिक झण्डै रु ७५० खर्च हुने प्रालिका अध्यक्ष भेषबहादुर थापाले बताउनुभयो । जनशक्तिका लागि लाग्ने खर्च भने दुवैमा बराबर नै रहेको उहाँको भनाइ छ । खरीद मूल्य बढी भए पनि सञ्चालन खर्च कम रहेकाले प्रालिले अहिले यात्रुबाट लिने भाडामा पनि सहुलियत दिइरहेको छ ।
उहाँले भन्नुभयो, “सरकारले सार्वजनिक यातायातका लागि निर्धारण गरेको भाडादरमा हामीले २० प्रतिशत छुट दिइरहेका छौँ ।” विद्युतीय सवारी साधन चार्ज गर्नका लागि बनाइएका निजी संस्थाले निर्माण गरेका ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिने सरकारले व्यवस्था गरेको छैन । ‘चार्जिङ स्टेशन’ लाई सहुलियत दिँदा सञ्चालन खर्च कम हुने र यात्रुलाई अझै छुट दिन सकिने उहाँले बताउनुभयो । दुई महिना पहिलेदेखि प्रालिले चार वटा विद्युतीय बस चक्रपथमा सञ्चालन गरिरहेको छ । यही वर्ष २५ बस थप्ने उक्त प्रालिको योजना छ ।
राष्ट्रिय समाचार समिती

प्रकाशित मिति : ४ मंसिर २०७६, बुधबार  ११ : ०३ बजे