१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि


६ मंसिर २०७६, शुक्रबार  

0
Shares

६ मंसिर ०७६ काठमाडौं । आन्तरिक तथा बाह्य पर्यटक प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय जलयात्रा प्रतियोगिता मङ्गलबारदेखि सिन्धुपाल्चोकको भोटेकोशी नदीमा हुने भएको छ ।

नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज् ९नारा०को आयोजनामा आगामी मङ्सिर १० गतेदेखि १२ गतेसम्म अन्तर्राष्ट्रियस्तरको ‘१८ औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज–२०१९’ प्रतियोगिता हुने भएको हो । नाराले आज शुक्रबार पत्रकार एक सम्मेलन गरी साहसिक जलयात्रामार्फत मुलुकको पर्यटन प्रवद्र्धनका लागि अन्तर्राष्ट्रियस्तरको ¥याफ्टिङ तथा कायाक प्रतियोगिता गर्न लागेको जानकारी दिएको छ ।

पत्रकार सम्मेलनमा अध्यक्ष गङ्गाप्रसाद नेपालले हरेक वर्षझैँ यसवर्ष पनि नाराले जलयात्रामार्फत मुलुकको पर्यटन प्रवद्र्धनका लागि कायाक र कर्पोरेट ¥याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिनुभयो ।
त्यस्तै “प्रतियोगितामा सालोलम, बोटर क्रस र डाउन रिभर रेस गरी तीन विधामा कायाक प्रतियोगिता तथा कर्पोरेट हाउसलाई सहभागी गराएर एक विधामा समूहगत ¥याफ्टिङ रेस प्रतियोगिता गर्नेछौँ”, उहाँले भन्नुभएको थियो।

नाराका महासचिव शिशिर खनालले यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशी नदीमा ¥याफ्टिङ रेस प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन लिएको उद्देश्यअनुरूप विदेशी पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्न प्रतियोगिताले सहयोग पुग्ने महासचिव खनालले बताउनुभयो ।

त्यसैगरी कर्पोरेट ¥याफ्टिङ रेस प्रतियोगितामा भाग लिने टिमलाई रु ७५ हजार दर्ता शुल्क लाग्ने नाराले जनाएको छ । ¥याफ्टिङ रेस प्रतियोगितामा प्रथम हुने समूहलाई रु एक लाख नगद, प्रशंसापत्र र मेडल, दोस्रो हुने समूहलाई रु ५० हजार प्रशंसापत्र र मेडल तथा तेस्रो हुने समूहलाई रु २५ हजार नगद प्रशंसापत्र र मेडल प्रदान गरिने भएको छ ।

यस्तै कायाकतर्फ दर्ताशुल्क विदेशी खेलाडीलाई रु पाँच हजार ५०० र स्वदेशी खेलाडीलाई रु तीन हजार लाग्नेछ भने तीनै प्रकारका कायाकमा प्रथम, द्वितीय र तृतीय हुने खेलाडीलाई क्रमशः ५० हजार, ३० हजार र २० हजार नगद, मेडल र प्रमाणपत्र वितरण गरिने नाराले जनाएको छ ।

नाराले गतवर्ष लमजुङको मस्र्याङ्दी नदीमा कायाक तथा ¥याफ्टिङ रेस प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा स्वदेश तथा विदेशका झण्डै ३०० खेलाडीको सहभागिता रहेका थिए ।

सन् २००२ बाट कायाक र ¥याफ्टिङ प्रतियोगिता गराउँदै आएको नाराले पछिल्लो समय विदेशी खेलाडीलाई समेत आमन्त्रण गरेर प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यस वर्ष विदेशी ३० भन्दा बढी खेलाडीको सहभागिता रहने सहकोषाध्यक्ष नारायण श्रेष्ठले जानकारी दिनुभयो ।
प्रतियोगिता सम्पन्न गर्नका लागि झण्डै रु ६० लाख ५० हजार खर्च लाग्ने नाराले जनाएको छ

प्रकाशित मिति : ६ मंसिर २०७६, शुक्रबार  ९ : ०४ बजे