१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


‘साग’ फुटबलको खेलतालिका सार्वजनिक,पुरुषतर्फ नेपाल सहज समूहमा


७ मंसिर २०७६, शनिबार  

0
Shares

७ मंसिर ०७६, काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत्को फुटबलको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार टाइसिट ‘ड्र’ गरेको हो ।सोअनुसार पुरुष फुटबलमा नेपाल तुलनात्मकरुपमा सहज समूहमा परेको छ । नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र भुटान रहेको छ । ६ टोली सहभागी पुरुष फुटबलको समूह ‘बी’मा भारत, श्रीलंका र माल्दिभ्स रहेका छन् ।

हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपालले यही मंसिर १५ गते बंगलादेशसँग खेल्दै सागको सुरुआत गर्नेछ । त्यस्तै, १९ गते भुटानसँग खेल्नेछ । त्यस्तै फाइनल खेल साग समापनको दिन मंसिर २४ गते हुनेछ । पुरुषतर्फका सबै खेलहरु त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा हुनेछन् ।

त्यसैगरी नेपाल साविकको स्वर्णपदक विजेता हो । साग महिला फुटबलतर्फ चार राष्ट्रको मात्रै सहभागिता रहनेको छ । नेपाल, भारत, श्रीलंका र मादिभ्सले ‘राउन्ड रोबिन लिग’का आधारमा खेल्नेछन् । अंकतालिकाको शीर्ष दुईमा रहनेबीच स्वर्णपदकका लागि भिडन्त हुनेछ । पोखरा रंगशालामा मंसिर १७ गतेदेखि हुने महिला फुटबलको फाइनल खेल मंसिर २३ गते हुनेछ । नेपालको पहिलो खेल मंसिर १७ गते श्रीलंकासित, १९ गते माल्दिभ्ससित र २१ गते भारतसित हुनेछ ।

महिला फुटबलतर्फ हालसम्म सागका सबै संस्करणमा भारतले स्वर्णपदक जित्दा नेपाल रजतपदकमा सीमित हुँदै आएको छ ।

प्रकाशित मिति : ७ मंसिर २०७६, शनिबार  ८ : ०७ बजे