५ जेष्ठ २०८३, मंगलबार | Tue May 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


नेप्सेमा पहिरो, दोहोरो अङ्कको ओरालो


८ मंसिर २०७६, आइतबार  

0
Shares

८ मंसिर ०७६, काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से १०।५४ विन्दुले घटेर एक हजार ११०।०८ विन्दुमा पुगेको छ ।

त्यस्तै सेन्सेटिभ परिसूचक २।०३ विन्दुले घटेर २४४।८६ विन्दुमा पुगेको छ । नेप्से घटेपनि कारोबार रकम भने औसतमा सीमित भयो । कूल १६२ कम्पनीको नौ लाख २९ हजार ७४४ कित्त शेयर रु २८ करोड पाँच लाख ३४ हजार ४१५ मूल्यमा खरीद बिक्री भएको छ ।

नेप्सेका अनुसारका कारोबार भएका कूल १२ उपसमूहकै शेयर ओरालो लागेको छ । बैंकिङ १०।४७, व्यापार ३९।८६, होटल १०।८३, विकास बैंक १०।३९, जलविद्युत् ७।६, वित्त ५।४१, निर्जीवन बीमा ५७।१५, उत्पादन २०।५१, अन्य ४।६६, लघुवित्त ६।३४, जीवन बीमा ४८।०८ र सामूहिक लगानी कोष ०।०९ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार एनएमबी बैंकको कारोबार शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ११ लाख ५९ हजार ४०० बराबरको शेयर कारोबार भयो । नेपाल बैंक लिमिटेड रु एक करोड ३७ लाख ८३ हजार ९१६, साना किसान विकास बैंक रु एक करोड २० लाख, स्ट्यान्र्डड चार्टड बैंक रु एक करोड ७८ हजार ९११ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार नेशनल हाइड्रोपावर चार, अपि पावर ३।८८, लक्षमी लघुवित्त वित्तीय संस्था ३।०७ र नेशनल माइक्रोफाइनान्सका लगानीकर्ताले २।५८ प्रतिशतले कमाउँदा साल्ट टे«डिङ कर्पोरेशन ९।९०, गुर्खाज फाइनान्स ५।४०, पु्रडेन्डियल इन्स्योरेन्स ५।२६, गुरास लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४।८२ प्रतिशतले गुमाएका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७६, आइतबार  ६ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।