२ आश्विन २०८१, बुधबार | Wed Sep 18 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


मेगा बैंकले पायो आईएएसओ प्रमाणपत्र


११ मंसिर २०७६, बुधबार  

0
Shares


११ मंसिर ०७६,काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आइएसओ प्रमाणपत्र पाएको छ ।
‘हलोदेखि हाइड्रोसम्म’ भन्ने नारा लिएर सञ्चालित मेगा बैंकले ‘आईएसओ ९००१ः२०१५’ प्राप्त गरेको हो । अन्तर्राष्ट्रिय संस्था युनाइटेड रजिष्ट्रार अफ सिस्टम (युआरएस)ले बैंकलाई आईएसओ ९००१ः२०१५ को अन्तर्राष्ट्रिय मापदण्ड बमोजिमको गुणस्तरीय व्यवस्थापन प्रणाली अनुशरण गरेवापत बुधबार प्रमाणपत्र प्रदान गरेको हो । सञ्चालनको छोटो अवधिमै एक लोकप्रिय एवं प्रतिष्ठित संस्थाको परिचय बोक्न सफल मेगा बैंकले आधुनिक बैंकिङ सुविधाहरु प्रदान गर्दै आएको र व्यवस्थापनमा गुणस्तर कायम गरेकोले प्रमाणिकरणको रुपमा आइएसओ प्रमाण पत्र पाएको हो ।
तीब्र गतिका साथ ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले स्थापनाको एक दशक नबित्दै आफ्नो शाखा सञ्जाल र व्यवसायलाई देशभर विस्तार गरिसकेको छ । मेगा बैंकका अहिले १११ वटा शाखा कार्यालय, २१ वटा एक्सटेन्सन काउण्टर, ११२ वटा एटिएम मेसिन तथा ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु छन् । बैंकको आफ्नै विप्रेषण प्रविधि “मेगा रेमिट” को देशभर लगभग २,५०० भन्दा अधिक प्रतिनिधिहरु रहेका छन् भने अन्य आन्तरिक तथा अन्तर्राष्ट्रिय विपे्रषण सेवा सहकार्यको संख्या २१ पुगेको छ ।

प्रकाशित मिति : ११ मंसिर २०७६, बुधबार  १० : १० बजे