८ कार्तिक २०८१, बिहिबार | Thu Oct 24 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


मेस्सीले रोनाल्डोलाई पछि पारे


१२ मंसिर २०७६, बिहिबार  

0
Shares

१२ मंसिर ०७६, एजेन्सी । आधुनिक फुटबलका दुई हस्ती अर्जन्टिनी तथा स्पेनिस बार्सिलोनाका फरवार्ड लियोनेल मेस्सी र पोर्चुगिज तथा इटालियन क्लब युभेन्टसका फरवार्ड क्रिस्टियानो रोनाल्डोबीचको उत्कृष्ट भन्नेमा प्रतिस्पर्धा छ ।

त्यस्ते दुवै खेलाडीको मैदान भित्र र बाहिरको प्रदर्शनले पनि फुटबल पण्डित तथा समर्थकहरु आ–आफ्नो पक्ष लिदै वकालत गरिरहेका हुन्छन् । मेस्सी र रोनाल्डोले पछिल्लो एक दशक विश्व फुटबलमा विभिन्न कीर्तिमानहरु आफ्नो नाममा लेखाइसकेका छन् । यो क्रमअझै जारी रहेको छ ।

त्यसेगरी मेस्सीले रोनाल्डोलाई पछि पारेका छन् । मेस्सीले बुधबार राति च्याम्पियन्स लिगमा जर्मन क्लब बोरुसिया डर्टमन्डविरुद्ध ३–१ को जित निकालेको खेलमा गोल गरेपछि फरक ३४ क्लबविरुद्ध गोल गर्दै रोनाल्डोलाई पछि पारेका हुन् । मेस्सीले बार्सिलोनाका लागि ७००औं खेलमा यो आकँडा भेट्टाएका हुन् । मेस्सीले रोनाल्डोभन्दा एक फरक बढी क्लबविरुद्ध गोल गर्दै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् ।

मेस्सीले फरक ३४ तथा रोनाल्डोले ३३ फरक क्लबविरुद्ध गोल गरेका छन् । स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व फरवार्ड राउलले पनि ३३ भिन्न क्लबविरुद्ध गोल गरेका छन् ।

प्रकाशित मिति : १२ मंसिर २०७६, बिहिबार  १० : ११ बजे