५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


आजको तस्विर ः अचम्मलाग्दो मतदान


१४ मंसिर २०७६, शनिबार  

0
Shares


१४ मंसिर ०७६, ललितपुर । तीनै तहमा देशभर रिक्त रहेको जनप्रतिनिधिहरु छनौटका लागि शनिबार मतदान भयो । मतदान उत्साहप्रद देखिएको थियो । मतदानका क्रममा केही आश्चार्य लाग्ने दृश्यहरु छन् हेरौं ः

१.घुम्टो ओडेर मतदान
महोतरीको पिपरा गाँउ पालिकामा एक महिला घुम्टो ओडेर मतदान गर्दै । यस गाँउका अधिकाशं महिलाहरुले यसरी नै घुम्टो ओडेर मतदान गरेको तस्विरका खिच्ने स्थानीय पत्रकार अजय कुमार साहले उल्लेख गर्नु भएको छ ।

२. पत्रकार अजय कुमार साहले उही पिपरा गाँउ नै खिच्नु भएको अर्को तस्विरमा कालो बुर्का लगाएर मतदान गर्न आएकी महिलाको तस्विर देख्न सकिन्छ । यो तस्विर अजय कुमार साहले नै खिच्नु भएको हो ।


३. कास्की कै एक महिला ह्वील चेयर चढेर मतदान स्थल पुगिन । यो तस्विर कृष्ण दवाडीले खिच्नु भएको हो ।


४. भरतपुर महानगरपालिका १६मा रिक्सा चढाएर मतदान गर्नका लागि केही तस्विर रासस कर्मी नारायण पौडललले खिच्नु भएको हो ।


५. प्रदेशसभा सदस्यका लागि शुक्रबार बबई गाउँपालिका–५ बबरपुरमा रहेको जनता आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा एक क्रियापुत्री । यो तस्विर राष्ट्रिय समाचार समितीका लागि नारायणी रजौरेले खिच्नु भएको हो । रासस
६.वाग्लुङ्ग २ ख प्रदेश सभा निर्वाचनका लागि भएको मतदानको क्रममा डोरपाटन नगरपालिका १ उत्तरगंगा मावि मा मतदान गर्दै महिला बच्चा बोकेर मतदान गर्दै । यो तस्विर राससका राम बहादुर थापाले खिचेका हुन् ।

प्रकाशित मिति : १४ मंसिर २०७६, शनिबार  ११ : ३६ बजे