११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


आज साताको पहिलो दिन नेप्से स्थिर बिन्दुमा


१५ मंसिर २०७६, आइतबार  

0
Shares

१५ मंसिर ०७६ काठमाडौं । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक स्थिर देखिएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से मात्रै ०.०७ विन्दुले बढेर एक हजार ११२.८५ विन्दुमा सीमित भएको छ । यस्तै सेन्सेटिभ परिसूचक भने ०.५० विन्दुले घटेर २४६.१५ विन्दुमा पुगेको छ ।

त्यस्तै नेप्से स्थिर रहँदा कारोवार रकम पनि सस्तैमा समेटिएको छ । कूल १६१ कम्पनीको छ लाख ७५ हजार ३८ कित्ता शेयर रु २० करोड ६३ लाख १४ हजार ३२३ मा कारोवार भएको छ ।

कारोबार भएका कूल १२ उपसमूहमध्ये छ उपसमूहको शेयरमा वृद्धि भएको छ भने ६ उपसमूहको शेयर ओरालो लागेको छ । होटल ४.४१, जलविद्युत् १.९९, वित्त २.९४, उत्पादन २।८७, अन्य ४।१५ र जीवन बीमा १२९।३६ विन्दुले बढेको छ । यस्तै बैंकिङ ३.२९, व्यापार १२.९३, विकास बैंक ८.९२, निर्जीवन बीमा १९.३९, लघुवित्त ६.८३ र सामूहिक लगानी कोष ०.०८ विन्दुले घटेको छ ।

नेप्सेका अनुसार कारोवारका आधारमा आज नबिल बैंक शीर्षस्थानमा रहेको छ । सो बैंकको शेयर रु एक करोड ७५ लाख ८१ हजार ९८४ मा कारोवार भई शीर्षस्थानमा रह्यो । यस्तै एनएमबी बैंक रु एक करोड ७३ लाख २५ हजार ७४९, नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु एक करोड ४२ लाख ८७ हजार २५०, एनआइसी एशिया बैंक रु एक करोड २३ लाख ९७ हजार २९८, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था रु ९५ लाख २८ हजार ८६७ र छिमेकी लघुवित्त विकास बैंकको रु ८५ लाख ३६ हजार ८५४ को कारोवार भई शीर्षस्थानमा रह्यो ।

नेप्सेका अनुसार आज नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ४.७३, पोखरा फाइनान्स ४.४४, जनउत्थान सामुदायिक लघुवित्त विकास बैंक ३.३९, लाइफ इन्स्योरेन्स कम्पनी २।५९ र कालिका पावर कम्पनीका शेयरधनीले २।५३ प्रतिशतले कमाए । त्यस्तै घोडाघोडी लघुवित्त वित्तीय संस्था ९.९०, स्वाभिमान लघुवित्त वित्तीय संस्था ५.२८, साल्ट टे«डिङ कर्पोरेशन ३.९१, पाँचथर पावर ३.८४, स्वदेशी लघुवित्त वित्तीय संस्था ३.७३ र ङादी पावरका लगानीकर्ताले ३.७० प्रतिशतले गुमाएका छन् ।

रासस

प्रकाशित मिति : १५ मंसिर २०७६, आइतबार  ४ : २७ बजे