१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


अन्तर्रा्ष्ट्रिय वादो कराँते प्रतिश्पर्धामा नेपाल पहिलो


१६ मंसिर २०७६, सोमबार  

0
Shares


१६ मंसिर ०७६, काठमाडौं । मित्र राष्ट्र भारतको हरियाणामा सम्पन्न अन्तर्रा्ष्ट्रिय वादो कराते प्रतियोगितामा नेपाली कराते टिम २६ स्वर्ण ३ रजत र ४ कास्य सहित टिम च्याम्पियन बन्न सफल भएको छ । यसैगरी भारत दोस्रो बंगलादेश तेस्रो भएको छ।
यही नोभेम्बर २९ देखि डिसेम्बर १ सम्म वादो रियो कराते डो फेडेरेसन वादो जुकुको आयोजनामा भएको उक्त अन्तरास्ट्रिय कराते प्रतियोगितामा नेपाल भार बंगलादेश का विभिन्न तौल ईभेन्ट्स महिला र पुरुष खेलाडीहरु सहभागिता रहेको थियोे भने नेपालबाट ३९ जना खेलाडीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा वादो करातेको जापानबाट आएका १० डान गुरु योशीहिको ईवाशाकी बाट नेपाली टोलीका सिनियर खेलाडीहरुलाई टेक्निकल सेमिनार समेत गरिएको थियो । उक्त सेमिनारमा जापानिज गुरुले नेपालमा वादो स्टाईलको कराते खेलको विकासको लागि ट्रेडिशनल वादो कराते शैली सम्बन्धि विशेष खालको प्रशिक्षण नेपाली प्रशिक्षकहरुलाई दिएको नेपाली टोलीका टिम कोच चिन लामाले बताए ।

प्रतियोगितामा सहभागी आई डब्लु एफ् एन कराते डो संघ सँग आबद्ध खेलाडीहरुको नेतृत्व उक्त कराते संघका प्रमुख प्रशिक्षक बुद्ध राज नेगीले गरेका थिए । प्रतियोगितामा नेपाली टोलीको व्यवस्थापकमा उक्त करातेको केन्द्रीय सचिव सुमन लामा र काठमाडौं जिल्ला समिति अध्यक्ष शंकरदेव लामा थिए भने रेफ्रीहरुमा संजय लामा, सुमन लामा, ज्ञान बहादुर थापामगर र प्रविण स्याङ्गतान रहेका टिम कोच तथा उक्त करातेको केन्द्रीय टेक्निकल समितिका अध्यक्ष लामाले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ०७ बजे