१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेह्रौँ साग तेक्वान्दोमा कमल श्रेष्ठलाई स्वर्ण पदक


१६ मंसिर २०७६, सोमबार  

0
Shares

१६ मंसिर ०७६ काठमाडौं । तेस्रो पटक नेपालले आयोजना गरेको १३औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत तेक्वान्दो खेलमा कमल श्रेष्ठले स्वर्ण पदक हात पार्नुभएको छ ।

पुम्सेको २३ देखि २९ वर्षको उमेर समूहको स्पर्धामा उहाँले भारतका राहुल जैनलाई पराजित गर्दै नेपाललाई स्वर्ण पदक दिलाउनुभएको हो । कमलले ८।२७० अङ्क ल्याउँदै स्वर्ण जित्नुभएको हो । पराजित भारतका राहुलले ८।२०० अङ्क ल्याउनुभएको थियो ।

सोही स्पर्धामा श्रीलङकाका निसाशङ्कासे आसिङ्गेले कास्य पदक हात पार्नुभयो । उहाँले ८।०६० अङ्क प्राप्त गर्नुभएको थियो ।

त्यसअघि कृष्णबहादुर तामाङले तेक्वान्दोको १७ देखि २३ वर्ष उमेर समूहमा रजत पदक हात पार्नुभयो । उहाँले श्रीलङ्काको रौनुका प्रभातसँग पराजित हुर्दै रजत पदकमा चित्त बुझाउनुभएको हो ।
रासस

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १ : ३६ बजे