११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


तेहौं साग : एथ्लेटिक्समा नेपाललाई पहिलो पदक


१७ मंसिर २०७६, मंगलबार  

0
Shares

१७ मंसिर ०७६, काठमाडौं । काठमाडौँमा जारी १३औँ दक्षिण एशियाली खेलकूद ९साग० अन्तर्गत एथ्लेटिक्सको एक हजार ५०० मिटर दौडको पुरुषतर्फ नेपालले कास्यपदक हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको खेलमा नेपालका टङ्क कार्कीले एक हजार ५०० मिटर दौडमा कास्यपदक जित्नुभएको हो । उहाँले निर्धारित दुरी तीन मिनेट ५९।२० सेकेण्डमा पूरा गर्नुभयो । उहाँ यस पदकसँगै एथ्लेटिक्सतर्फ नेपाललाई पहिलो पदक दिलाउने खेलाडी बन्नुभयो ।

सोही स्पर्धामा भारतले स्वर्ण र रजत जित्यो । भारतका अजयकुमार सरोले तीन मिनेट ५४।८१ सेकेण्डमा दौड पूरा गर्दै स्वर्ण पदक जिते । त्यस्तै भारतकै अर्का खेलाडी अजित कुमारले तीन मिनेट ५७।१८ सेकेन्ड खर्चदै रजत पदक हात पारे । यता सोही स्पर्धाको महिलामा श्रीलङ्काले स्वर्ण जित्दा भारतले रजत र कास्यपदक हात पा¥योे । नेपालकी सरस्वती भट्ट पाँचौं र सानुमाया कार्की सातौं भए ।

प्रकाशित मिति : १७ मंसिर २०७६, मंगलबार  १२ : ५९ बजे